इन्भेष्टमेन्ट बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत

Apr 17, 2019 Merolagani

नेपाल स्टक एक्सचेञ्जमा इन्भेष्टमेन्ट बैंक (NIB)  सहित दुई कम्पनीको एक करोड ९८ लाख २४ हजार २० कित्ता शेयर सूचीकृत भएको छ । बुधबार नेपाल इन्भेष्टमेन्ट बैंकको बोनस शेयर र सिनर्जी फाईनान्सको हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा एक करोड ९४ लाख ४५ हजार ८२ कित्ता नेपाल इन्भेष्टमेन्ट बैंकको बोनस शेयर सूचीकृत भएको हो । बैंकले गतबर्षको मूनाफाबाट १८ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

बैंकको ३२ औं वार्षिक साधारण सभाले उक्त बोनस शेयर सहित २२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । उक्त बोनस शेयर पुस १० गतेसम्म कायम शेयरधनीले मात्र प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी साविक सिनर्जी फाईनान्स हाल बेष्ट फाइनान्सको तीन लाख ८० हजार ९३८ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो ।

बेष्ट फाइनान्ससँग गाभिन पहिले सिनर्जी फाइनान्सले चुक्ता पूँजीको २५ प्रतिशत हकप्रद निष्काशन गरेको थियो । उक्त हकप्रद शेयर बुधबार नेप्सेमा सूचीकृत भएको हो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।