प्रभु बैंकको सहुलियतपूर्ण कर्जा योजना सार्वजनिक, चेतना बचत खाता पनि संचालनमा

Apr 17, 2019 Merolagani

प्रभु बैंकले व्याज अनुदान सहितको साहुलियतपूर्ण कर्जा योजना सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले परिपत्र जारी गरेदेखि नै सहज रुपले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउदै आएको बैंकले औपचारिक रुपमा यस योजना सार्वजनिक गरेको हो ।

राष्ट्र बैंकले तोकेको सात शिर्षकमा प्रभु बैंकले आफ्नै नाम दिएर कर्जा योजना सार्वजनिक गरेको हो । बैंकले व्यवसायिक कृषि तथा पशुपन्क्षी विकासको लागि ‘श्रमशील कर्जा’, शिक्षित युवा स्वरोजगारको लालि ‘उज्वल कर्जा’, विदेशवाट फर्केकाहरुका लागि ‘हातेमालो कर्जा’, महिला उद्यमशीलताको लागि ‘उजेली कर्जा’, दलित समुदाय व्यवसाय विकासको लागि ‘कर्मवीर कर्जा’, उच्च प्राविधिक तथा व्यवसायिक शिक्षाको लागि ‘ज्ञान कर्जा’, र भुकम्प पीडितहरुको निजी आवास निमार्णको लागि ‘साहसी कर्जा’ नामाकरण गरेको छ । 

राष्ट्र बैंकले जारी गरेको सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ अनुसार नै यो योजना संचालन हुने बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी गराए ।

राष्ट्र बैंकले जारी गरेको कार्यविधिमा व्यवसायिक कृषि तथा पशुपन्छीका लागि ५ करोड, शिक्षित युवा स्वरोजगारका लागि ७ लाख, बैदेशिक रोजगारीबाट फर्केका युवा परियोजनाका लागि १० लाख, महिला उद्यमशिलताका लागि १५ लाख, दलित समुदाय व्यवसायका लागि १० लाख, उच्च र प्राविधिक तथा व्वसायिक शिक्षाका लागि ५ लाख र भुकम्प पिडितको निजी आवास निर्माणका लागि ३ लाख रुपैयाँ सम्म कर्जा उपलब्ध गराउने व्यवस्था छ ।

बैंकको आधार व्याजदरमा थप २ प्रतिशत (व्याज अनुदान ५ प्रतिशत र महिला उद्यमशिलता कर्जाको लागि ६ प्रतिशत ) हुने व्यवस्था छ ।

चेतना बचत खाता संचालनमा

प्रभु बैंकले ‘चेतना बचत खाता’ संचालनमा ल्याउने भएको छ । नेपाल सरकारले नयाँ वर्षको सुरुवातसंगै संचालन गरेको ‘समृद्धिसँगको नाता, हरेक नेपालीको बैंक खाता’ अन्र्तगत नयाँ बचत खाता संचालनमा ल्याएको हो ।

आम नागरिकहरुलाई खाता खोल्न अझै प्रोत्साहन गर्ने उदेश्यले राष्ट्र बैंकले सामाजिक उत्रदायित्व अन्र्तगत जम्मा भएको रकमबाट यस्ता खाता खोल्दा एक सय रुपैयाँ खातामै जम्मा गरिदिने व्यवस्था छ ।

यस अभियानलाई अन्र्तगत खाता खोल्दा सरकारले प्रमामनित गरेको कुनै एकै कागजात मात्र भए हुने व्यवस्था छ । यस खातामा एक लाख रुपैयाँ सम्मको मात्रै कारोबार गर्न सकिन्छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।