कुनै पनि बैंक तथा वित्तीय संस्थामा खाता नभएका व्यक्तिहरुले मात्रै यस योजनाले समेट्ने बैंकले जनाएको छ ।
यस योजना अन्र्तगत निक्षेपमा ५ प्रतिशत वार्षिक ब्याजदर प्रदान गरिने बैंकले जानकारी गराए । नेपाल सरकारले जारी गरेको कुनै पनि फोटो सहितको परिचय पत्र देखाएर उक्त खाता खोल्न सकिनेछ ।
बैंकको देशभर रहेका जुनसुकै शाखा तथा ग्राहक सेवा केन्द्र मार्फत उक्त योजना अन्र्तगत खाता खोल्न सकिने व्यवस्था रहेको छ ।
बैकको ९९ शाखा, ८३ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १८२ स्थानवाट ग्राहकहरुलाई बैंकिङ्ग सुबिधा प्रदान गर्दै आइरहेको छ ।