एचआईडिसीएलको बोनस वितरण

Apr 18, 2019 Merolagani

हाइड्रोइलेक्ट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (HIDCL) ले शेयरधनीलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस वितरण गरेको छ। पूँजी वृद्धिका लागि शतप्रतिशत हकप्रद निष्काशन गर्न लागेको यस कम्पनीले गत आवको मुनाफाबाट वितरण गरेको बोनस शेयरधनीकै हितग्राही खातामा वितरण गरेको हो।

एचआईडिसीएलको पुस ३० गते सम्पन्न सातौं वार्षिक साधारण सभाले चुक्ता पूँजीको १० प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।

पुस १६ गतेसम्म शेयर डिम्याट गरेका शेयरधनीलाई बोनस वितरण गरिएको कम्पनीको शेयर रजिष्ट्रार ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।

साथै हालसम्म पनि कागजी शेयर धारण गर्ने शेयरधनीलाई शेयर अभौतिकिकरण गर्न र डिम्याट खातामा बैंक खाता अद्यावधिक गर्न क्यापिटलले आग्रह गरेको छ । शेयर डिम्याट गर्ने शेयरधनीहरुलाई क्रमश लाभांश वितरण गरिने जनाइएको छ ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।