शेयरधनीले डिम्याट खातामा बैंक खाता अद्यावधिक नगराउँदा स्ट्याण्डर्ड चार्टर्डले पठाउन सकेन लाभांश

Apr 18, 2019 Merolagani

स्ट्याण्डर्ड चार्टर्ड बैंक (SCB) ले शेयरधनीहरुले हितग्राही (डिम्याट) खातामा आफ्नो बैंक खाता अद्यावधिक नगराउँदा गत आर्थिक वर्षको नाफाबाट वितरण गरिएको लाभांश पठाउन नसकिएको जनाएको छ।

बैंकका कतिपय शेयरधनीहरुले डिम्याट खातामा बैंक खाता अद्यावधिक नहुँदा नगद लाभांश पठाउन नसकिएको भन्दै शेयर खाता (डिम्याट एकाउन्ट)मा बैंक खाता यथाशिध्र अद्यावधिक गराइ नगद लाभांश प्राप्त गर्न बैंकले अनुरोध गरेको छ।

चार्टर्डको गत माघ ७ गते सम्पन्न ३२ औं वार्षिक साधारण सभाले चुक्ता पूँजीको १७.५० प्रतिशत अर्थात एक शेयर बराबर १७ रुपैयाँ ५० पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। उक्त नगद लाभांश पुस २८ गतेसम्म कायम शेयरधनीलाई मात्र पाउनेछन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।