जेट एयरवेजले आपत्कालीन कर्जा नपाएसँगै बुधवारदेखि नै सबै उडान बन्द गर्न लागिएको बताएको हो । कम्पनीले आफ्नो उडान जारी राख्न केही सातादेखि थप ऋणका लागि प्रयास गरिरहेको थियो ।
तर जेट एयरवेजले आग्रह गरेअनुसारको ४ सय करोड भारु आपत्कालीन कर्जा नपाएसँगै आफ्ना सबै उडान अस्थायी रुपमा बन्द गर्ने निर्णय लिएको बताएको छ ।
एयरवेजका सीईओ विनय दुबैले आफ्नो उडान जारी राख्नका लागि एसबीईसँग तत्कालै ६४० करोड रुपैयाँ दिनका लागि आग्रह गरेका थिए ।
एयरवेजसँग अहिले १ अर्ब २० करोड डलरको ऋण छ । जेटको संकट बढेसँगै ४०० जना पाइलटले जागिर छोडिसकेका छन् । अब जेटसँग १३ सय जना पाइलट मात्र बाँकी रहेका छन् । ३ महिनादेखि तलब नपाएका कारण अरु पाइटलहरु पनि आन्दोलनमा रहेका छन् ।
जेट एयरवेजका सबै उडान बन्द हुने आशंकाको खबरका कारण जेटको शेयर बीएसईमा मंगलबार एक दिनमा नै १८.५ प्रतिशतसम्मको गिरावट देखिएको थियो ।