लगानी योग्य रकमको अभाव भन्दै कर्जा विस्तारमा संयमित बन्दै आएका बैंकहरुले पछिल्लो साता एकाएक ऋण प्रबाह वढाएका छन । चैत महिनाको अन्तिम साता बैंकहरुबाट ४ अर्व निक्षेप घटेको छ । चैतको तेस्रो साता बैंकहरुको २१ अर्ब निक्षेप थपिएको थियो ।
अधिकासं बाणिज्य बैंकहरुको पुँजी, कर्जा तथा निक्षेप(सिसिडि) अनुपात ८० को हाराहारीमा छ । बैंकहरुले पुरानो सम्झौता गरेका कर्जा बाहेक नयाँ कर्जा प्रबाहमा रोक लगाएको अवस्था छ ।
चालु आर्थिक वर्षको सुरुवातीमा बैंकहरुले आक्रामक रुपमा कर्जा प्रबाह गरेपछि दोस्रो त्रैमासपछि स्रोतको अभाव हुन थाल्यो । निक्षेपको अभाव भएपछि बैंकहरुले नयाँ निक्षेप नभएसम्म कर्जा प्रबाह गर्न नसक्ने अवस्था रह्यो ।
गत आर्थिक वर्षको अन्तिम महिनामा अर्थात असारमा मात्र १ खर्ब १ अर्ब निक्षेप थपिएको थियो । तर, सो अवधिमा बैंकहरुले ४८ अर्ब मात्र कर्जा प्रबाह गरेका थिए । सरकारी खर्च भएको कारण सो अवधिमा बैंकमा निक्षेप वढेको थियो । गत असारमा सरकारी खर्चले मात्र नभै बैंकहरुले कृत्रिम निक्षेप पनि सृजना गरेको हुनाले निक्षेप वढेको हो ।
चालु आर्थिक वर्षमा सरकारी खर्च अपेक्षा अनुसार नभएपनि दोस्रो त्रैमासदेखि बैंकहरुलाइ निक्षेपको अभाव वढ्न थाल्यो । बैंकहरुको अनुरोध अनुरुपमा सरकारले खर्च नगरेपनि स्थानीय सरकारलाइ विनियोजन गरेको रकम बैंक खातामा पठाउने निर्णय भएपनि त्यसले दिर्घककालीन समाधान ल्याएन ।
अहिले सरकारी ढुकुटीमा १३० अर्ब जम्मा भएर बसेको छ । सरकारी ढुकुटीमा पैसा थन्कीएर बसेको हुनाले अहिले बैंकहरुसंग कर्जा लगानी गर्न योग्य रकमको रुपमा करिब ३० अर्ब रुपैयाँ मात्र रहेको बैंकर बताउछन ।
उच्च दरमा वढेको ब्याजदर नियन्त्रणका लागि बैंकहरुले भद्र सहमती गरेर निश्चित सिमा तोकेका छन । तर, बैंकहरुले निक्षेप तान्नका लागि अन्य माध्यवाट निक्षेपकर्तालाइ प्रतिफल दिने गरी निक्षेप योजनाहरु सञ्चालन गर्न थालेका छन ।
चैतको २९ गतेसम्ममा बैंकहरुमा कुल २७ खर्ब ३ अर्ब निक्षेप रहेको छ भने सो अवधिमा बैंकहरुले २४ खर्ब २० अर्ब कर्जा प्रबाह गरेका छन् ।