अर्ब बढी पूँजी भएका उत्पादनमूलक कम्पनीले किन निष्काशन गरेनन् आईपिओ ?

Apr 19, 2019 Merolagani

- सुधा देवकोटा ।
चालु आर्थिक बर्षको बजेटले व्यवस्था गरे बमोजिम उत्पादनमुलक कम्पनीले सर्वसाधारणमा शेयर निष्काशन गर्न चासो देखाएका छैनन् । प्रष्ट कानुनी व्यवस्थाको अभावमा यस्तो अवस्था आएको हो । ऐन संसोधन गरेर कम्पनीहरुलाई पब्लिकमा रुपान्तरण गर्नु पर्ने भए पनि अहिलेसम्म प्रकृया अघि बढ्न सकेको छैन ।

चालु आर्थिक वर्षको झण्डै नौ महिना बित्दा समेत उत्पादनमूलक निजी कम्पनीहरुले शेयर जारी गरेर पब्लिकमा रुपान्तरण हुन चासो नदेखाएका हुन् । चालु आर्थिक वर्षको बजेटले एक अर्ब वा सो भन्दा बढीको पूँजीमा स्थापित उत्पादनमूलक कम्पनीलाई पब्लिक लिमिटेडमा रुपान्तरण गर्ने भनी सम्बोधन गरेको थियो । 

अर्थमन्त्री डा युवराज खतिवडाले पनि यस्ता उत्पादनमूलक कम्पनीलाई पब्लिक कम्पनीमा रुपान्तरण गराउने विषयलाई जोड दिँदै आएका थिए । यसले समग्र अर्थतन्त्रका साथै पूँजी बजारलाई बिस्तार गर्न महत्वपुर्ण भूमिका खेल्ने अपेक्षा गरिएको थियो ।

एक अर्ब भन्दा बढी पूँजी भएका उत्पादनमूलक कम्पनीमा सर्वसाधारण लगानीकर्ताको पहुच पुर्याउने योजना अनुरुप सरकार अघि बढेको थियो । तर अहिलेसम्म यसको कुनै प्रारुप तयार नभएका कारण कम्पनीहरुलाई पब्लिकमा रुपान्तरण गर्न नसकिएको हो ।

अर्ब बढी पूँजी भएका उत्पादनमुलक कम्पनी अनिवार्य रुपमा पब्लिकमा रुपान्तरण हुनु पर्ने प्रष्ट कानुनी व्यवस्था नहुदा कम्पनीहरु रुपान्तरण हुन नसकेको धितोपत्र बोर्डले जनाएको छ ।

ऐन संसोधनका लागि सम्बन्धित निकायका बिचमा कम्पनी ऐन संसोधन गर्ने विषयमा एक चरणको छलफल मात्र भएको बोर्डका प्रवक्ता निरज गिरीले मेरोलगानीलाई बताए ।

मेरोलगानीसँग कुरा गर्दै गिरीले भने, 'ऐन संसोधनका विषयमा एक पटक सम्बद्ध निकायसँग छलफल भैसकेको छ । अब थप प्रकृयामा गए पछि मात्र यस्ता कम्पनी पब्लिकमा रुपान्तरण हुने आधार तयार हुन्छ ।'

कम्पनी रजिष्ट्रारको कार्यलयको तथ्यांकलाई हेर्दा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा एउटा कम्पनी मात्र निजीबाट पब्लिकमा रुपान्तरण भएको देखिन्छ । तथ्यांक अनुसार एक अर्ब रुपैंयाभन्दा बढी चुक्ता पूँजी रहेको ग्रीन भेन्चर्स कम्पनी मात्र निजीबाट पब्लिकमा रुपान्तरण भएको छ । यद्यपी उसले सर्वसाधारणमा शेयर भने निष्काशन गरेको छैन ।

कम्पनी रजिष्ट्रार कार्यालयले पनि एक अर्ब भन्दा माथि पूँजी भएका कम्पनीलाई पब्लिकमा ल्याउने व्यवस्था गर्न कम्पनी ऐन नै संसोधन गर्ने तयारी गरिरहेको छ । ऐन संशोधनको विषय उद्योग मन्त्रालयमा छलफलको क्रममा रहेको कम्पनी रजिष्ट्रार कार्यालयका प्रमुख भुवनहरी अर्यालले मेरो लगानीलाई बताए ।

मेरोलगानीसँग कुरा गर्दै अर्यालले भने, 'ऐन संसोधन नै नगरी पनि अहिले कुनै निजी कम्पनी पब्लिकमा जाने इच्छा देखाएमा सम्भव छ । तर कम्पनीहरुले चासो देखाएका छैनन् ।'

पुँजी बजारलाई अझै फराकिलो बनाउन र बजार विस्तार गर्न पनि एक अर्ब रुपैयाँ भन्दा बढी पुँजी भएका कम्पनीलाई पुँजी बजारमा समावेश गराउन आवश्यक रहेको बताउछन् जानकारहरु । यसरी ठूलो पूँजी भएका कम्पनी पूँजी बजारमा भित्रीदा कम्पनी र सर्वसाधारण दुवैलाई लाभदायक हुन्छ । कम्पनी पब्लिकमा आउदा पूँजी जुटाउन सहज हुन्छ र पब्लिकबाट जुटाएको पूँजी परिचालनबाट प्राप्त प्रतिफलबाट कम्पनीका शेयरधनी तथा कम्पनीले लाभ लिन सक्नेछन् ।

प्राइभेट कम्पनी पब्लिकमा रुपान्तरण हुने कुरा त परै जाओस, पब्लिक लिमिटेडमा दर्ता भएका कम्पनीहरुले समेत सर्वसाधारणको लागि शेयर निष्काशन गर्न आनाकानी गरिरहेको अवस्था छ । हाल कम्पनी रजिष्ट्रारमा दर्ता भएका पब्लिक कम्पनीले अझै पनि सर्वसाधारणको लागि शेयर निष्काशन गरेका छैनन् ।

कम्पनी रजिष्ट्रारको कार्यलयमा एक अर्ब माथि पूँजी भएका निजी स्वामित्वका ३३ वटा उत्पादनमुलक कम्पनीहरु दर्ता भएको देखिन्छ । जसमा सिमेन्ट र हाइड्रोपावर कम्पनीहरुको बाहुल्यता रहेको छ । अर्ब बढी पूँजी भएका उत्पादनमूलक कम्पनीको सूची यस्तो छ । 


comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।