जलविद्युत कम्पनीहरुमध्ये आकर्षक मानिएका रसुवागढी र साञ्जेनको आईपिओमा आवेदन खुल्यो

Apr 19, 2019 Merolagani

जलविद्युत कम्पनीहरुमध्ये सम्भावनायुक्त आयोजना मानिएका रसुवागढी हाइड्रोपावर र साञ्जेन जलविद्युत कम्पनीको साधारण शेयर (आईपिओ) मा बैशाख ६ गतेदेखि आवेदन खुला भएको छ ।

दुबै कम्पनीको शेयरमा लगानीकर्ताले एक हजार रुपैयाँदेखि नै आवेदन गर्न पाउने छन्। नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार दुबैको सार्वजनिक निष्काशनमा न्यूनतम १० कित्तादेखि आवेदन गर्न पाउने व्यवस्था कायम भएको हो। यसअघि प्रकाशित आह्वानपत्रमा भने दुबै कम्पनीले न्यूनतम ५० कित्ता आवेदन गर्नुपर्ने विवरणपत्र प्रकाशन गरेका थिए। 

पूँजी बजारको पहुँच फराकिलो बनाउन भन्दै बोर्डले चैत २७ गते निर्देशन जारी गरेर सबै सबै सार्वजनिक निष्काशनमा न्यूनतम १० कित्तादेखि आवेदन गर्न पाउने व्यवस्था लागू गर्न मर्चेन्ट बैंकरहरुलाई निर्देशन दिएको थियो।

रसुवागढी हाइड्रोपावरले कर्मचारी र म्युचुअल फण्डलाई छुट्याइएर ९३ लाख ३९ हजार ४६७ कित्ता शेयर सर्वसाधारणलाई बिक्री खुला गरेको छ । यसैगरि साञ्जेनले कर्मचारी र म्युचुअल फण्डलाई छुट्टाएर सर्वसाधारणमा ४९ लाख ८२ हजार २५० कित्ता शेयरमा आवेदन माग गरेको छ।

दुबै कम्पनीको शेयरमा मेरोशेयर तथा लगानीकर्ताको बैंक खाता रहेको सि आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन गर्न सकिन्छ ।

‘जनताको जलविदुत कार्यक्रम’ मा समेटिएपनि दुबै आयोजनाहरुको भौतिक प्रगति ५० प्रतिशत बढी सम्पन्न भैसकेकाले लगानीकर्ताले प्रतिशेयर १०० रुपैयाँ दरले नै खरिद गर्नुपर्नेछ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।