वोमी माइक्रोफाइनान्सको नाफामा आकर्षक बढोत्तरी, प्रतिशेयर आम्दानी कति पुग्यो?

Apr 19, 2019 Merolagani

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा वोमी माइक्रोफाइनान्स (WOMI) ले चार करोड ४८ लाख ४९ हजार रुपैयाँ खुद नाफा गरेको छ। यो अघिल्लो वर्षको चैतको तुलनामा ५१.९८ प्रतिशत बढी हो। अघिल्लो वर्ष वोमीले दुई करोड ९५ लाख १० हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

खर्च नियन्त्रण र कम्पनीको खुद ब्याज आम्दानी तथा सञ्चालन नाफामा आएको सुधारले लघुवित्तको समग्र नाफा बढेको हो । साथै कम्पनीले खराब कर्जाको अनुपातलाई समेत घटाएको छ ।

हाल दश करोड दश लाख ८८ हजार रुपैयाँ चुक्ता पूँजी रहेको माइक्रोफाइनान्सको ९ करोड ४१ लाख रुपैयाँ जगेडा कोषमा सञ्चित छ ।

पूँजी वृद्धिका लागि एक बराबर एक अनुपातमा हकप्रद बेच्न लागेको यस लघुवित्तले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाइसकेको छ। अर्कोतिर नागरिक लघुवित्तसँग मर्जर प्रकृयामा रहेको यस कम्पनीको फागुन २६ गते यता शेयर कारोबार बन्द रहेको छ ।

चैत मसान्तसम्म माइक्रोफाइनान्सले ५६ करोड २३ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । बिभिन्न बैंक तथा वित्तीय संस्थाबाट ९३ करोड ४ लाख रुपैयाँ सापटी लिएको संस्थाले एक अर्ब ६७ करोड २६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

चालु आवको ९ महिना अवधिसम्म माइक्रोफाइनान्सले ९ करोड २ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको भन्दा ५१.७६ प्रतिशत बढी हो ।

निष्कृय कर्जा ०.७६ प्रतिशत रहेको माइक्रोफाइनान्सको प्रतिशेयर आम्दानी ५० रुपैयाँ ६० पैसाबाट ५९ रुपैयाँ १६ पैसामा बढेको छ। हकप्रदबाट पूँजी वृद्धि पश्चात भने लघुवित्तलाई प्रतिशेयर आम्दानी सन्तुलन गर्न थप नाफा आर्जन गर्नुपर्ने अवस्था देखिन्छ ।

माइक्रोफाइनान्स कम्पनीकोे मुल्य आम्दानी अनुपात १९.०७ गुणा र प्रतिसेयर नेटवर्थ १९३ रुपैयाँ १३ पैसा छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।