देव विकास बैंकको लाभांश घट्यो

Apr 19, 2019 Merolagani

देवः विकास बैंक (DBBL) ले अघिल्लो वर्षको तुलनामा घटाएर लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको बैशाख ५ गते बसेको २७१ औं बैठकले अघिल्लो वर्षको तुलनामा १२.५ प्रतिशत थोरै लाभांश प्रस्ताव गरेको हो।

आर्थिक वर्ष २०७३/७४ मा २८ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले आर्थिक वर्ष २०७४/७५ मा एक करोड ४१ लाख कम २७ करोड ५३ लाख रुपैयाँ मात्र नाफा आर्जन गरेको थियो । नाफा घटेपछि बैंकले शेयरधनीलाई वितरण गर्ने लाभांश पनि घटाएको हो।

सञ्चालक समिति बैंठकले गत आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट चुक्ता पूँजी दुई अर्ब ५३ करोड ३६ लाख ८० हजार ३४८ रुपैयाँको ५.५ प्रतिशत (१३ लाख ९३ हजार ५२४. १९ कित्ता शेयर) बोनस वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंकले आर्थिक वर्ष २०७३/७४ मा बैंकले शेयरधनीलाई १७.१० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.९० प्रतिशत नगद गरि कूल १८ प्रतिशत लाभांश वितरण गरेको थियो। 

बैंक सञ्चालक समिति बैंठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले प्राप्त गर्नेछन्।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।