स्वदेशी लघुवित्तको नाफा झण्डै दोब्बर, पूँजी वृद्धिले इपिएसमा संकुचन

Apr 19, 2019 Merolagani

स्वदेशी लघुवित्त (SDESI) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा गत आवको यसै अवधिमा झण्डै दोब्बर खुद नाफा आर्जन गरेको छ। चैत मसान्तसम्म कम्पनीले ९२.३ प्रतिशत धेरै ४ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो। गत वर्ष दुई करोड ५० लाख रुपैयाँ बराबर खुद नाफा आर्जन गरेको थियो।

शतप्रतिशत हकप्रद बिक्री गरेर पूँजी बढाएको लघुवित्तको प्रतिशेयर आम्दानी भने २९ रुपैयाँ ४ पैसाबाट २७ रुपैयाँ ९३ पैसामा झरेको छ। यद्यपी कम्पनीले वित्तीय विवरणमा भने वार्षिक ३३ रुपैयाँ ९१ पैसा उल्लेख गरेको छ।

लघुवित्तले खुद ब्याज आम्दानी र सबै आम्दानीका सूचकहरुलाई बढाएर खर्च सन्तुलनमा राख्दा नाफा बढाउन सफल भएको हो । चुक्ता पूँजी २३ करोड रुपैयाँ भएको लघुवित्तको जगेडा कोषमा १५ करोड ९६ लाख रुपैयाँ सञ्चित छ।

समीक्षा अवधिसम्म ९१ करोड २९ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले दुई अर्ब १२ करोड १३ लाख रुपैयाँ अन्य बैंक तथा वित्तीय संस्थामार्फत ऋण गरेर तीन अर्ब ४ करोड ९० लाख रुपैयाँ कर्जा परिचालन गरेको छ।

चालु आवको तेस्रो त्रैमासमा लघुवित्तले १६ करोड १८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ५३.३५ प्रतिशत अर्थात ५ करोड ६३ लाख रुपैयाँले धैरै हो । लघुवित्तले गत वर्ष १० करोड ५५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

स्वदेशी लघुवित्तको प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ४० पैसा, निष्कृय कर्जा अनुपात १.९९ प्रतिशत छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।