ई–कमर्श मार्केटमा खास स्थान बनाउन नसकेपछि चीनमा सेवा बन्द गर्दै अमेजन

Apr 19, 2019 Merolagani

अमेजनले १८ जुलाईदेखि चीनमा आफ्नो ई–कमर्शको कारोबार बन्द गर्ने भएको छ । कम्पनीले चीनमा आफ्नो वेवसाइट अमेजन डट सीएनमा त्यहाँका विक्रेताहरुलाई कुनै पनि प्रकारको सेवा उपलब्ध नगराइने बताएको छ ।

तर यदि बाहिरी विक्रेताले आफ्नो उत्पादन बेच्न चाहेमा उनीहरुले अमेजनको ग्लोबल सेलिङको सर्भिस लिन सक्ने बताएको छ । 

ब्लूमबर्गको रिपोर्टका अनुसार, अमेजनले चीनमा अमेजनको वेब सेवा, किन्डल ई–बुक्स र क्रस बोर्डर टीम्स जस्ता सेवाहरु भने जारी राख्नेछ । अमेजनका प्रवक्ताका अनुसार, कम्पनीले क्रस बोर्डर सेल्समाथि जोड दिइरहेको छ ।

चीनको ई–कमशर्श मार्केटमा अमेजनले खास स्थान बनाउन सकेको छैन । उसले चीनमा अलीबाबा र जेडी डटकम सँग प्रतिस्पर्धा गरिरहनुपरेको छ । ती दुई कम्पनीको आधार चीनमा नै भएका कारण उनीहरुले त्यहाँको स्थानीय बजारमा आफ्नो पकड कायम नै राखेका छन् ।

अमेजनले सन् २००४ मा चीनको अनलाइन बुक विक्रेता जोयोलाई अधिग्रहण गरेर त्यहाँको खुद्रा व्यापारमा प्रवेश गरेको थियो । तर खासै सफलता प्राप्त गर्न सकेन । सन् २०१८ को चौथो त्रैमासमा चीनको बिजनेस टू कन्ज्यूमर अनलाइन रिटेल मार्केटमा अमेजनको शेयर केबल ०.६ प्रतिशत मात्र थियो । एजेन्सी

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।