देवः विकास बैंकका कहिलेसम्म कायम शेयरधनीले पाउछन् बोनसमा कर छुट ?

Apr 19, 2019 Merolagani

देवः विकास बैंकले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई बोनस शेयर मात्र वितरण गर्ने प्रस्ताव भएपछि शेयरधनीकाबीचमा अन्यौलता बढेको छ। बोनस शेयर वापत लाग्ने कर प्रयोजनका लागि बैंकले नगद लाभांश वितरण नगर्ने भएसँगै यो अन्यौलता देखिएको हो।

अघिल्लो वर्ष साझा विकास बैंक र युनियन फाइनान्स देवः विकास बैंकमा विलय भएका थिए । सोही कारण आयकर ऐनमा भएको व्यवस्था अनुसार बैंकले लाभांश वितरण गर्दा छुट पाएको हो ।

बैंकका अनुसार साझा र युनियनसँग एकीकृत कारोबार सुरु भएको मितिसम्म कायम शेयरधनीले भने बोनस शेयरमा कर तिर्नु पर्नेछैन । तर सो मितिभन्दा पछि कारोबारमा आएका शेयरको हकमा भने कर लाग्ने बैंकका कम्पनी सचिव सागर ताम्राकारले मेरोलगानीलाई बताए ।

ताम्राकारका अनुसार २०७४ कात्तिक २२ गते बैंकको एकीकृत कारोबार सुरु भएको थियो। 'उक्त मितिभन्दा पहिलेदेखि कायम भएका शेयरधनीले बोनसको कर तिर्नुपर्ने छैन । तर सोही शेयरधनीले २०७४ कात्तिक २४ पछि बैंकको शेयर किनेको खण्डमा भने पछि किनिएको शेयरमा कर लाग्छ। आयकर ऐनमा भएको व्यवस्था अनुसार यो व्यवस्था गरिएको हो ।' ताम्राकारले भने ।

बैंकको बिहीबार साँझ बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई ५.५ प्रतिशत बोनस बितरण गर्ने प्रस्ताव गरेको थियो । चुक्ता पूँजी २ अर्ब ५३ करोड ३६ लाख रुपैयाँ रहेको बैंकको बोनस बितरण पश्चात चुक्ता पूँजी २ अर्ब ६८ करोड रुपैंया पुग्नेछ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।