खोलौं बैंक खाता अभियान २०७६ : बैंकहरुका अनेक योजना, छुट सहित अफरै अफर

Apr 19, 2019 Merolagani

- अरुण पाख्रेन।
नेपाल सरकारले शुरु गरेको ‘खोलौ बैंक खाता अभियान २०७६’ अन्र्तगत बैंकहरुले आफ्नो सेवा तथा सुविधा सहितको योजना सार्वजनिक गर्न थालेका छन्। ‘समृद्धिसँग जोडौं नाता, हरेक नेपालीको बैंक खाता’ भन्ने नाराका साथ सरकारले बैशाख एक गते देखि सुरु गरेको अभियानलाई बैंकहरुले साथ दिन थालेका हुन् ।

सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा हरेक नेपालीको बैंक खाता पुर्याउने कार्यक्रम समेटेको थियो । सोही नीति बमोजिम सरकारले नयाँ वर्षको अवसर पारेर २०७६ साललाई खोलौं बैक खाता अभियान २०७६ को रुपमा अगाडि बढाएको हो ।

यस अभियान अन्र्तगत अहिले सम्म कुनैपनि बैंक तथा वित्तीय संस्थामा खाता नभएकोहरुलाई समेटिने छ । खाता खोल्दा सरकारले प्रमाणित गरेको कुनै एउटा मात्रै प्रमाणपत्र भए खाता खोल्न सकिनेछ ।

यस्तै राष्ट्र बैंकले सर्वसाधारणहरुलाइे प्रेरित गर्न बैंकको सामाजिक उत्तदायित्व अन्र्तगत जम्मा भएको रकमबाट हरेक खातामा एक सय रुपैयाँ जम्मा गर्न निर्देशन दिएको छ । यो रकम कुनै पनि बैंक तथा वित्तीय संस्थामा यस अघि खाता नखोल्नेहरुलाई मात्रै जम्म गरिने राष्ट्र बैंकले जनाएको छ ।

यस्तै विकास बैंहरुले पनि उक्त अभियानमा साथ दिन थालेको छ । केही विकास बैंकहरुले यस अभियान अन्र्तगत आफ्ना बचत खाताहरु सार्वजनिक गरेका छन् ।

बैंकहरुले सार्वजनिक गरेको योजनाहरु यस्ता छन् ।

 

राष्ट्रिय वाणिज्य बैंकको ‘समृद्धि बचत खाता’

राष्ट्रिय वाणिज्य बैंकले खोलौं बैंक खाता अभियान अन्र्तगत समृद्धि बचत खाता संचालनमा ल्याएको छ । यस खातामा वार्षिक अधिकतम एक लाख रुपैयाँ सम्म कारोबार गर्न सकिने गरी बैंकले आर्कषक व्याजदर दिने जनाएको छ ।

एनआइसी एशिया बैंक ‘समृद्ध नेपाल सुखी नेपाली बचत खाता’

एनआइसी एशिया बैंकले सरकारको अभियान अन्र्तगत ‘समृद्ध नेपाल सुखी नेपाली बचत खाता’ संचालनमा ल्याएको छ ।

बैंकले सरकारको खोलौं बैंक खाता अभियान अन्तर्गत बचत खाता ल्याएको हो । यस सुविधा बैंकको सबै शाखा कार्यलयहरुबाट प्राप्त गर्न सकिनेछ ।

प्रभु बैंकको ‘चेतना बचत खाता’

नेपाल सरकारले नयाँ वर्षको सुरुवातसंगै संचालन गरेको ‘समृद्धिसँग नाता, हरेक नेपालीको बैंक खाता’ अन्र्तगत प्रभु बैंकले ‘चेतना बचत खाता’ संचालनमा ल्याएको छ ।

यस खातामा वार्षिक ५ प्रतिशत सम्म व्याज पाउनेछ यस्तै भिजाकार्ड तथा एसएमएस सेवामा ५० प्रतिशत सम्म छुट दिने बैंकले जनाएको छ । यस खातामा एक लाख रुपैयाँ सम्मको मात्रै कारोबार गर्न सकिन्छ ।

मेगा बैंकको ‘मेगा नागरिक समृद्धि बचत खाता’

मेगा बेंकले ‘मेगा नागरिक समृद्धि बचत खाता’ संचालनमा ल्याएको छ । यस योजना अन्र्तगत वार्षिक ६.५ प्रतिशत व्याज पाउने र त्रैमासिक रुपमा व्याज भुक्तानी गरिने बैंकले जनाएको छ ।

यस्तै निशुल्क भिजा कार्ड, निशुल्क एबीबीएस सुविधा (२० लाख रुपैयाँ) सम्म, निशुल्क मोवाइल बैकिङ्ग सेवा सहित अन्य सुविधाहरु समेटिएको बैंकले जनाएको छ ।

जनता बैंकको ‘सबै नेपालीको खाता’

जनता बैंकले ‘सबै नेपालीको खाता’ संचालनमा ल्याएको छ । यस योजनामा शुन्य मौज्दातमा खाता खोल्न सकिनेछ । यस योजना अनर्तगतको खातामा वार्षिक ६.५ प्रतिशत दिने बैंकले जनाएको छ ।

नेपाल बंगलादेश बैंकको ‘रजत बचत खाता’

‘रजतमा नै छ, बीमा र बचत’ भन्ने नारा सहित नेपाल बंगलादेश बैंकले ‘रजत बचत खाता’ संचालनमा ल्याएको छ । बैंकको यस योजनामा २५ रुपैयाँमा खाता खोलन सकिने र एक सय रुपैयाँ बैंकले नै खातामा जम्मा गर्ने व्यवस्था छ ।

बचतकर्ता र इच्छाएको व्यक्तिलाई स्वास्थ्य बीमा समेत प्राप्त गर्न सकिनेछ । स्वास्थ्य बीमा अन्र्तगत नेपालभरका अस्पतालहरुबाट सेवा लिन सकिने बैंकले जनाएको छ ।

नविल बैंकको ‘नविल सहुलियत खाता’

खोलौ बैंक खाता अभियानलाई सफल पार्न नविल बैंकले ‘नविल सहुलियत खाता’ संचालनमा ल्याएको छ ।

यस योजनामा ३ लााख सम्मको निशुल्क घातक रोग कभरेज बीमा र ७५ हजार सम्मको मृत्यु लाभ बीमा सुविधा रहेको छ । बैंकले आर्कर्षक व्याजदर सहित तोकिएको सेवाहरु निशुल्क प्रदान गर्ने जनाएको छ ।

सिटिजन्स बैंकको ‘सिटिजन्स सरल बचत खाता’

सिटिजन्स बैंकले ‘सिटिजन्स सरलबचत खाता’ संचालनमा ल्याएको छ । यस खातामा दैनिक मौज्दातमा वार्षिक ५ प्रतिशत ब्याजदर प्रदान गरिने र ग्राहकहरुका लागि विभिन्न प्रकारका सहुलियतहरू उपलब्ध गराउने जनाएको छ ।

यस्तै भिसा डेबिट कार्ड, अन्तर शाखा कारोबार, आस्वा सेवा, निःशुल्क सिटिजन्स स्र्माट बैंकिङ सुविधा (मोबाईल बैंकिंग), अनलाइन कारोवार गर्न सुरक्षित थ्रीडी सेक्युर प्रविधिमा दर्ता, लगायत अन्य सेवाहरू उपलब्ध छन् ।

एनएमबि बैंकको ‘सहारा बचत खाता’

एनएमबि बैंकले सबैका लागि बचत, सबैका लागि सहारा भन्ने नारा सहित ‘सहारा बचत खाता’ सञ्चालनमा ल्याएको छ । बैंकमा खाता खोल्नेले १८ वटा गम्भिर रोगहरु मध्ये कुनै एउटा रोग लागेको खण्डमा १० लाख रुपैयाँ सम्मको बीमा रकम पाउनेछ ।

यस्तै खाता खोल्नेले सर्वाधिक व्याजदरका साथै निशुल्क डिम्याट खाता, निशुल्क मोबाइल बैंकिङ, निशुल्क इन्टरनेट बैंकिङ लगायतका सुविधा पाउने बैकले जनाएको छ ।

सेञ्चुरी कमर्सियल बैंकको ‘सेञ्चुरी सबैको खाता’

सेञ्चुरी बैंकले शुन्य मौज्दातमा खोल्न सकिने ‘सेञ्चुरी सबैको खाता’ सञ्चालनमा ल्याएको छ २५० रुपैयाँ तिरेर ५ वर्षको लागि डेविट कार्ड तथा पहिलो बैंक खाता खोल्नले वार्षिक ६.५ प्रतिशत व्याजदर पाउन सक्ने छन् ।

सिद्धार्थ बैंकको ‘सिद्धार्थ सजिलो बचत खाता’

सिद्धार्थ बैंकले ‘सिद्धार्थ सजिलो बचत खाता’ संचालनमा ल्याएको छ । यसका अतिरिक यस खाता खोल्ने ग्राहकले ६.५ वार्षिक ब्याजदर, शून्य मौज्दातमा खाता खोल्न सकिने, निशुल्क चेकबुक र एबीबीएस सुविधा पाउनेछन् ।

माछापुच्छ्रे बैंकको ‘एक व्यक्ति एक खाता योजना’

माछापुच्छ्रे बैंकले ‘खोलौ बैंक खाता अभियान २०७६’ अन्तर्गत ‘एक व्यक्ति एक खाता योजना’ ल्याएको छ । नेपाल सरकारले जारी गरेको कुनै पनि फोटो सहितको परिचय पत्र देखाएर उक्त खाता खोल्न सकिने बैंकले जनाएको छ ।

५ प्रतिशत आकर्षक वार्षिक ब्याजदर पाउने यस खाता बैंकको देशभरका जुनसुकै शाखा वा ग्राहक सेवा केन्द्र मार्फत खोल्न सकिनेछ ।

एनसीसी बैंकको ‘एनसीसी नेपाली नागरिक बचत खाता’

नेपाल क्रेडिट एण्ड कमर्स बैंकले ‘एनसीसी नेपाली नागरिक बचत खाता’ सञ्चालनमा ल्याएको छ । नेपाल सरकारको ‘समृद्धिसँग जोडौ नाता ःसबै नेपालीको बैंक खाता’ भन्ने नारा सहित ‘खोलौ बैंक खाता अभियान २०७६’ लाई पूर्ण सफल बनाउनको लागि सो बैंकले उक्त अभियान सञ्चालनमा ल्याएको हो ।

ग्लोबल आइएमई बैंकको ‘सबै नेपालीको बचत खाता’

ग्लोबल आइएमई बैंकले ‘सबै नेपालीको बचत खाता’ संचालनमा आएको छ । ‘समृद्धसँग जोडौं नाता, सबै नेपालीको बैंक खाता’ अभियान अन्र्तगत ‘सबै नेपालीको बचत खाता’ शिर्षकको नयाँ बचत खाता सञ्चालनमा ल्याएको हो ।

सरकारी निकायले जारी गरेको फोटो सहितको परिचय खुल्ने कागजातको आधारमा ग्राहकले खाता खोल्न सकिने बैंकले जनाएको छ ।

सनराइज बैंकको ‘सनराइज समृद्धि बचत खाता’

सनराइज बैंकले खोलौ बैंक खाता अभियान, २०७६ लाई आत्मसाथ गर्दै ‘सनराइज समृद्धि बचत खाता’ सञ्चालनमाा ल्याएको छ । यस योजनामा बैंकले ६ प्रतिशत ब्याजदर त्रैमासिक रुपमा भुक्तानी गर्ने जनाएको छ ।

यस्तै बचतकर्ताहरुको स्वास्थ्य बीमा, दुर्घटना बीमा लगायतको सुविधा समेटिएको छ ।

खोलौं बैंक खाता अभियानमा विकास बैंकको पनि साथ

नेपाल सरकारले सुरु गरेको ‘समृद्धिसँग जोडौं नाता, हरेक नेपालीको बैंक खाता’ खोलौ बैंक खाता अभियान २०७६ अभियानमा विकास बैकले पनि साथ दिएको छ । केही विकास बैंकहरुले सरकारको यस योजना अन्र्तगत बचत खाताको योजनहरु सार्वजनिक गरेको छ ।

ज्योति विकास बैंकले ‘ज्योति समृद्धि बचत खाता’ संचालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकको ‘समृद्धिसंग जोडौं नाता, सबै नेपालीको बैंक खाता’ नाराका साथ थालिएको खौलौं बैंक खाता अभियानलाई सहयोग पु¥याउने उद्देश्यले उक्त बचत खाता सञ्चालनमा ल्याएको हो ।

बैंकले वचत खातामा वार्षिक ७ प्रतिशत ब्याज दिने जनाएको छ । यस्तै विभिन्न आधुनिक बैंकिङ सेवा दिनेछ । यसका साथै एबिबिएस, सी आस्वा र इन्टरे बैंकिङ जस्ता सेवाहरु निःशुल्क प्रदान गर्नुको साथै लकर सुविधामा पनि विशेष छुट दिइएको छ ।

यस्तै कामना सेवा विकास बैंकले पनि ७ लाख सम्मको निः शुल्क बीमा सहितको खोलौ बैंक खाता अभियान बचत योजना सार्वजानिक गरेको छ ।

महालक्ष्मी विकास बैंकले सबै नेपालीको बैंकमा खाता अभियान अन्र्तगत मेरो बचत खाता संचालनमा ल्याएको छ ।

मुक्तिनाथ विकास बैंकले पनि ‘मेरो पहिलो बचत खाता’ सञ्चालनमा ल्याएको छ । बचत खाता खोल्ने व्यक्तिहरुलाई खाता एक सय रुपैयाँ बैंकले नै खातामा जम्मा गरिदिने र ग्राहकहरुको मोवाइल नम्बरमा एक सय रुपैयाँ बराबरको रिचार्ज टपअप गरिदिने जनाएको छ ।

यस्तै खातामा दैनिक मौज्दातमा वार्षिक ७ प्रतिशत ब्याजदरका साथै निःशुल्क आश्वा सेवा, निःशुल्क अन्तर शाखा कारोबार, निःशुल्क मोबाइल बैकिंङ सुविधा पाउनेछ ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।