नेपाल एग्रो लघुवित्तको आईपिओमा आवेदन खुल्यो

Apr 21, 2019 Merolagani

नेपाल एग्रो लघुवित्त वित्तीय संस्था (NALBSL) ले बैशाख ८ गते आइतबारदेखि सर्वसाधारणमा सार्वजनिक निष्काशन साधारण शेयर (आईपिओ) बिक्री खुला गरेको छ ।पोखरामा केन्द्रीय कार्यालय रहेको कम्पनीले जारी पूँजी ४ करोड ९७ लाख रुपैयाँ बराबरको ३२.५० प्रतिशत बराबरको पूँजी सर्वसाधारणबाट संकलन गर्न लागेको हो।

नेपाल एग्रो लघुवित्तले एक सय रुपैयाँ अंकित दरमा एक करोड ६१ लाख ७७ हजार ८०० रुपैयाँ बराबरको एक लाख ६१ हजार ७७८ कित्ता शेयर निष्काशन गरेको हो।

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग रहेको छ । 

कम्पनीले निष्काशन गर्ने कुल एक लाख ६१ हजार ७७८ कित्ता शेयरमध्ये दुई हजार ४८९ कित्ता कर्मचारी र आठ हजार ८९ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई छुट्टाइएको छ । एक लाख ५१ हजार २०० कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लघुवित्तको आईपिओमा मेरो शेयर तथा सि आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट बैशाख ११ गतेसम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ। आईपिओमा न्यूनतम १० देखि ८०० कित्तासम्म माग गर्न सकिनेछ।

नेपाल एग्रो लघुवित्तलाई आईपिओ निष्काशन गर्ने धितोपत्र बोर्डले चैत १८ गते अनुमति दिएको थियो।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।