यद्यपी बैंकको वित्तीय विवरणमा पूँजी कोष संकुचन, खराब कर्जा अनुपातमा भएको वृद्धि, र कोषको लागत तथा कर्मचारी र सञ्चालन खर्च बढेकोले यस्ता चुनौतिलाई पनि बैंकले निस्तेज पार्नु आवश्यक छ।
नेपाल फाइनान्सियल रिपोर्टिङ स्टाण्डर्ड (एनएफआरएस) अनुसारको वित्तीय विवरणमा बैंकको खुद नाफा एक अर्ब २४ करोड ८ लाख पुगेको छ ।
गत आवको यसै अवधिको परिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ८५ करोड ४० लाख रुपैयाँ रहेको थियो।
तीन महिनामा बढायो ४६ करोड खुद नाफा
माछापुच्छ्रे बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा मात्रै ४५ करोड ९४ लाख ४० हजार रुपैयाँले खुद नाफा बढाएको छ। दोस्रो त्रैमाससम्म ७८ करोड १३ लाख खुद नाफा कमाएको यस बैंकले चैत मसान्तसम्ममा एक अर्ब २४ करोड ८ लाख १८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो।
गत आवको ९ महिना अवधिमा बैंकले ८५ करोड ४० लाख ५२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। गत आवको यसै अवधिको तुलनामा बैंकले ४५.२९ प्रतिशतले आफ्नो खुद नाफा बढाएको हो।
वितरण योग्य नाफा ९८ करोड बढी
एनएफआरएस प्रतिवेदन अनुसार एक अर्ब २४ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोमा नियामकीय व्यवस्था अनुरुप विभिन्न शिर्षकहरुको व्यवस्था पश्चात बैंकले ९८ करोड १८ लाख ३० हजार रुपैयाँ वितरण योग्य नाफा (फ्रि प्रोफिट) आर्जन गरेको उल्लेख छ। जुन खुद नाफाभन्दा २५ करोड ९० लाख कम हो ।
एनएफआरएस रिर्पोट अनुसार बैंकले विभिन्न शिर्षकहरुको व्यवस्था अन्तर्गत साधारण जगेडामा २४ करोड ८१ लाख सहित अन्य शिर्षकहरुका व्यवस्थामा बैंकले २५ करोड ८९ लाख ८७ हजार छुट्टाएको हो।
यसअनुसार चालु आर्थिक वर्षको नाफाबाट बैंकले शेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्नसक्ने अवस्था देखिन्छ ।
राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुपको व्यवस्था पश्चात कायम हुने फ्रि फ्रि प्रोफिट बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ।
निक्षेप संकलन भन्दा कर्जा विस्तार बढ्दा खुद ब्याज आम्दानीमा सुधार
समीक्षा अवधिमा बैंकको कर्जा विस्तार र निक्षेप संकलनको विस्तारबाट व्यवसायको आकार बढाउँदै सो अनुपातमा बैंकको खुद ब्याज आम्दानी बढेको छ । १४ प्रतिशतले बचत संकलन बढाएको बैंकको ऋण प्रवाहको वृद्धि २० प्रतिशत धेरै छ। यसबाट बैंकको खुद ब्याज आम्दानी ४० प्रतिशतको फराकिलो वृद्धि देखा परेको छ।
गत चैत मसान्तको ७१ अर्ब १४ करोड निक्षेप संकलन ८१ अर्ब १६ करोड र ६२ अर्ब ४१ करोड कर्जा प्रवाह रकम ७४ अर्ब ९८ करोडमा बढेको छ । गत आवको चैतमा एक अर्ब ८५ करोड खुद ब्याज आम्दानी गरेको बैंकले हाल २ अर्ब ६० करोड खुद ब्याज आम्दानी गरेको हो। बैंकले ७ अर्ब ४२ करोड ५५ लाख ब्याज आम्दानी गरेर ४ अर्ब ८२ करोड ३८लाख ब्याज खर्च गरेको हो।
पूँजी स्थिर रहँदा ईपिएसमा बढोत्तरी
गत आर्थिक वर्षको नाफाबाट दश प्रतिशत नगद लाभांश वितरण गरेर पूँजी स्थिर रहँदा माछापुच्छ्रे बैंकको प्रतिशेयर आम्दानी बढेको छ।
चुक्ता पूँजी ८ अर्ब ५ करोड ५६ लाख रुपैयाँ रहेको बैंकको प्रतिशेयर आम्दानी १४ रुपैयाँ १४ पैसाबाट २० रुपैयाँ ५४ पैसामा बढेको हो। बैंकको १८.७२ प्रतिशतले जगेडा कोष बढेको छ । गत आवको चैत मसान्तमा बैंकको जगेडा कोष २ अर्ब ३० करोड ११ लाख रहेकोमा हाल २ अर्ब ७३ करोड १९ लाखमा वृद्धि भएको हो।
आधारदरमा राहत, घटेन कोषको लागत
गत आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिको तुलनामा चालू आवको यसै अवधिमा बैंकको आधार ब्याजदर घटेको छ भने निक्षेप संकलन लागत भने बढेको छ।
यस अवधिमा बैंकको आधार ब्याजदर घटेकोले ऋणीलाई केही सस्तो ब्याजमा नै ऋण पाउन सहज बनेको छ भने लगानीयोग्य तरलता संकटका कारण प्रतिस्पर्धि ब्याजदरमा निक्षेप संकलन गर्दा वाणिज्य बैंकहरुको निक्षेप संकलन लागत भने बढेको छ।
गत वर्षको चैत मसान्तमा ११.१० प्रतिशत रहेको माछापुच्छ्रेको आधार ब्याजदर १०.५२ प्रतिशतमा झरेको छ भने कोषको लागत ७.५३ बाट ९.९६ प्रतिशतमा बढेको छ।
समीक्षा अवधिमा बैंकले आफ्नो खराब कर्जा अनुपात केही बढेको छ । गत आर्थिक वर्षको ९ महिना अवधिमा बैंकमा ०.३५ प्रतिशत खराब कर्जा अनुपात रहेकोमा यस वर्षमा घटेर ०.४८ प्रतिशतमा बढेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ९१ पैसा र मूल्य आम्दानी अनुपात ११.६३ गुणा रहेको छ।