गत वर्ष लघुवित्तले एक करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । त्यस्तै गत वर्ष ८ प्रतिशत बोनस वितरण गरेको लघुवित्तको आम्दानी वृद्धि कछुवा गति बन्दा प्रतिशेयर आम्दानीमा गिरावट आएको छ ।
गत चैत मसान्तमा वार्षिक २५ रुपैयाँ ६७ पैसा प्रतिशेयर आम्दानी रहेको कालिकाको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा प्रतिशेयर आम्दानी २४ रुपैयाँ ७५ पैसामा खुम्चिएको हो ।
चुक्ता पूँजी १० करोड ८० लाख रहेको लघुवित्तको जगेडा कोषमा ६ करोड ७० लाख रुपैयाँ सञ्चित छ । लघुवित्तले निक्षेप संकलन ४७.४६ प्रतिशतले बढाएर ६७ करोड २३ लाख पुर्याएको छ भने ९२ करोड ५२ लाख रुपैयाँ सापटी लिएको छ । यस अवधिमा लघुवित्तले कर्जा परिचालन ५८.९४ प्रतिशतले बढाएर एक अर्ब ७६ करोड ५५ लाख रुपैयाँ बराबरको रकम परिचालन गरेको छ ।
चैत मसान्तसम्म लघुवित्तले १८ करोड ६२ लाख ब्याज आम्दानी र ९ करोड १२ लाख ब्याज खर्च गरेर ९ करोड ४९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ३९.७२ प्रतिशतले बढी हो ।
लघुवित्तको निष्क्रिय कर्जा अनुपात १.८९ बाट घटेर १.२८ प्रतिशतमा झरेको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १६२ रुपैयाँ ४ पैसा र मूल्य आम्दानी अनुपात ४७.१७ गुणा बढी छ ।