नाडेप लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Apr 21, 2019 Merolagani

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड (NADEP) को लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन परेको छ । लघुवित्तले यहि बैशाख २६ गते हुने चौथो बार्षिक साधारणसभामा १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनलाई १.५८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।

लघुवित्तले बैशाख ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । बैशाख ८ सम्म कायम शेयरधनीहरुले मात्र साधारणसभामा सहभागी हुन तथा लाभांश पाउनेछन।

यस्तै लघुवित्तले साधारणसभा बाट सर्वसाधारणको तर्फबाट २ जना संचालक चयन गर्ने, संचालक समितिलाई मर्जर तथा एक्विजीसनलाई अधिकार दिने लगायत छन।

बोनस वितरण पश्चात लघुबित्तको चुक्ता पूँजी ३६ करोड ८० लाख पुग्नेछ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।