एभरेष्ट इन्स्योरेन्सको हकप्रद आइतबारसम्म कायम शेयरधनीले मात्र पाउने

Apr 21, 2019 Merolagani

एभरेष्ट इन्स्योरेन्स (EIC) ले ३०० प्रतिशत हकप्रद शेयर आइतबारसम्म कायम शेयरधनीले मात्र पाउने छन्। हकप्रद निष्काशन गर्न वैशाख ९ गते बुकक्लोज गर्ने भएकाले आइतबारसम्म कायम शेयरधनीले मात्र हकप्रद पाउने भएका हुन्।

बीमा समितिले तोकेको अनुसार सर्वसाधारण र संस्थापकको अनुपात मिलाउन यस अघि मंसिर २३ देखि पुस २२ गतेसम्म १०५ प्रतिशत संस्थापक हकप्रद निष्काशन गरेको थियो। 

संस्थापक हकप्रदपछि २७ करोड ३९ लाख ८२ हजार ५०० रुपैयाँ पुगेको एभरेष्टले बीमा समितिले तोके बमोजिम एक अर्ब पूँजी कायम गर्न फेरि ३०० प्रतिशत अर्थात १ः३ अनुपातमा ८२ लाख १९ हजार ४७५ कित्ता हकप्रद निष्काशन गरेर पूँजी कायम गर्न लागेको हो। कम्पनीले हकप्रद निष्काशन हुने मिति भने सार्वजनिक गरिसकेको छैन।

हकप्रदको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । सो हकप्रद पश्चात एभरेष्टको चुक्ता पूँजी बीमा समितिले तोके अनुरुप एक अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।