झण्डै ३२ अंकले बढेको बजारमा सिटिजन्स् बैंक सहित ४६ कम्पनीको शेयर मूल्य घट्यो

Apr 21, 2019 Merolagani

साताको पहिलो दिन आइतबार नप्सेमा ३१.८९ अंकको उछाल आउँदा एकैदिन एक अर्ब बढीको शेयर किनबेच भएको छ । नेप्से परिसूचक तथा कारोबार रकममा व्यापक सुधार हुदाँ पनि कारोबारमा आएकामध्ये २७ प्रतिशत कम्पनीको शेयर मूल्य घटेको छ ।

आइतबार कारोबारमा आएकामध्ये ४६ कम्पनीका शेयरधनीहरुले गुमाएका छन् । यसदिन १७१ कम्पनीको शेयर किनबेच भएको थियो ।

तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको सिटिजन्स बैंकको शेयर मूल्य भने ओरालो लागेको छ ।

आइतबार सबैभन्दा धेरै बेष्ट फाइनान्सका शेयरधनीहरुले  ४.१६ प्रतिशतले गुमाएका छन् । नेपाल सेवा लघुवित्तको शेयर मूल्य पनि ४.०४ प्रतिशतले ओरालो लागेको छ ।

महिला सहयात्रा माइक्रोफाइनान्स, नविल इक्वीटि फण्डको इकाईमूल्य ३ प्रतिशत र नेपाल हाइड्रो, सिद्धार्थ इन्स्योरेन्स, हिमालयन डिटिलरीको शेयर मूल्य २ प्रतिशत भन्दा बढीले घटेको छ ।

जनउत्थान सामुदायिक लघुवित्त, सगरमाथा इन्स्योरेन्स, युनाईटेड मोदी हाइड्रोपावर, ग्रामिण विकास लघुवित्त, सिटिजनस् बैंक लगायतको शेयर मूल्य १ प्रतिशत भन्दा बढीले ओरालो लागेको छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।