नेपाल एग्रो लघुवित्तको आईपिओमा पहिलो दिन ७.४४ गुणा बढी आबेदन

Apr 21, 2019 merolagani

नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको आईपिओमा पहिलो दिननै माग भन्दा बढी आबेदन परेको छ । लघुवित्तको आईपिओमा आईतबार साँझ ५ बजे सम्ममा ७.४४ गुणा बढी आवेदन परेको हो ।

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गका अनुसार पहिलो दिन ४८ हजार ९२९ जनाले ११ करोड २५ लाख ६१ हजार रूपैयाँ बराबरको ११ लाख २५ हजार ६१० कित्ता शेयर माग गर्दै आबेदन अाएकाे छ ।

लघुवित्तले बैशाख ८ गते आइतबारदेखि एक सय रूपैयाँ अंकित दरमा एक करोड ६१ लाख ७७ हजार ८०० रूपैयाँ बराबरको एक लाख ६१ हजार ७७८ कित्ता शेयर निष्काशन गरेको हो ।

कम्पनीले निष्काशन गर्ने कुल एक लाख ६१ हजार ७७८ कित्ता शेयरमध्ये दुई हजार ४८९ कित्ता कर्मचारी र आठ हजार ८९ कित्ता शेयर सामूहिक लगानी कोषहरूलाई छुट्टाइएको छ । एक लाख ५१ हजार २०० कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लघुवित्तको आईपिओमा मेरो शेयर तथा सि आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट बैशाख ११ गतेसम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ। आईपिओमा न्यूनतम १० देखि ८०० कित्तासम्म माग गर्न सकिनेछ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।