साञ्जेनको आईपिओ दुई दिनमै सबै बिक्यो, रसुवागढीमा कति पर्यो आवेदन ?

Apr 22, 2019 Merolagani

रसुवागढी हाइड्रोपावर र साञ्जेन जलविद्युत कम्पनीको शेयरमा लगानीकर्ताको उच्च आर्कषण देखिएको छ। बैशाख ६ गते शुक्रबारदेखि साधारण शेयर निष्काशन गरेका साञ्जेनको आईपिओमा दुई दिनमै १.२७ गुणा बढी आवेदन परेको छ भने रसुवागढी ७८.९१ प्रतिशत शेयर माग भएको छ।

यसअनुसार अब रसुवागढी हाइड्रोपावरको १९ लाख ६९ हजार कित्ता २३७ कित्ता शेयरमा मात्रै आवेदन पर्न बाँकी रहेको छ भने साञ्जेनमा ओभरसब्सक्राइब भएको छ। यसअनुसार सोमबार र मंगलबारमा दुबै कम्पनीको शेयर ओभरसब्सक्राइब हुने सम्भावना देखिन्छ।

बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार बैशाख ९ गते सोमबार १० बजेसम्ममा साञ्जेन जलविद्युत कम्पनीको साधारण शेयरमा ६३ लाख ७ हजार ७५० कित्ताको शेयर माग भएको छ। एक लाख २४ हजार आवेदनबाट सो संख्यामा शेयर माग भएको रमेश थापाले मेरोलगानीलाई जानकारी दिए।

साञ्जेनले सर्वसाधारणमा ४९ लाख ८२ हजार २५० कित्तामा आवेदन माग गरेको हो। कूल निष्काशित ५४ लाख ७५ हजार कित्तामध्ये २ लाख १९ हजार कित्ता कम्पनीका कर्मचारी र २ लाख ७३ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुलाई आरक्षित गरिएको छ ।

उता रसुवागढीको शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार बैशाख ९ गते सोमबार १० बजेसम्ममा रसुवागढी हाइड्रोपावर कम्पनीको आईपिओमा ७३ लाख ७० हजार २३० कित्ताको माग भएको छ । एक लाख २० हजार ६०१ वटा आवेदनबाट सो संंख्यामा शेयर माग भएको सिद्धार्थ क्यापिटलका सूचना अधिकारी सन्दिप कार्कीले जनकारी दिए।

रसुवागढी हाइड्रोपावरले सर्वसाधारणमा प्रतिकित्ता १०० रुपैयाँका दरको ९३ लाख ३९ हजार ४६७ कित्ता शेयर सार्वजनिक निष्काशनमा ल्याएको हो । कूल निष्काशित एक करोड २ लाख ६३ हजार १५० कित्तामध्ये ४ लाख १० हजार ५२६ कित्ता कम्पनीका कर्मचारी र ५ लाख १३ हजार १५७ कित्ता सामूहिक लगानी कोषहरुलाई आरक्षण गरिएको छ।

कहाँबाट गर्ने आवेदन ?

रसुवागढी हाइड्रोपावर र साञ्जेन जलविद्युत कम्पनीको शेयरमा लगानीकर्ताले मेरो शेयर सफ्टवेयरबाट अनलाईन आवेदन र धितोपत्र बोर्डबाट आस्वा सदस्यता लिएका आफ्नो बैंक खाता रहेको बैंक तथा वित्तीय संस्थाबाट सि आश्वा प्रणालीबाट आवेदन दिन सक्नेछन्।

दुबै कम्पनीको शेयरमा यसअघि नै आवेदन दिइसकेका संस्थापक शेयरधनी कम्पनीका कर्मचारी, ऋणदाता कम्पनीका कर्मचारी र कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताले भने यस निष्काशनमा आवेदन दिन पाउने छैनन् ।
आयोजनाबाट प्रभावित स्थानीय बासिन्दाले भने हाल आवेदन दिन पाउनेछन् । तर अहिले निष्काशन गरिएको आईपिओमा आवेदन दिने स्थानीयले भने यसपछि निष्काशन हुने स्थानीयका लागि निष्काशन हुने शेयरमा फेरि आवेदन दिन पाउँदैनन् ।

दुबैमा न्यूनतम १० कित्ताका लागि एक हजार रुपैयाँदेखि आवेदन गर्न सकिन्छ। साञ्जेनमा आईपिओमा अधिकतम २ हजार कित्ता र रसुवागढीमा अधिकतम ५ हजार कित्तासम्म आवेदन गर्न पाउने ब्यवस्था छ । यद्यपी लगानीकर्ताको चापले ५० कित्ताको आवेदन नै शेयर पाउन प्रयाप्त देखिन्छ ।

पछिल्लो समय सरकारले ‘जनताको जलविदुत कार्यक्रम’ मा दुबै आयोजनालाई समेटेको भएपनि दुबैको आवेदनमा शतप्रतिशत रकम भुक्तानी गर्नुपर्छ । जनताको जलविद्युत कार्यक्रम अन्तर्गत पहिलो किस्तामा १० रुपैयाँको दरले आवेदन दिन मिल्ने व्यवस्था रहेपनि दुबै आयोजनाको निर्माण कार्यको भौतिक प्रगति ५० प्रतिशतभन्दा बढी सकिसकेकाले शतप्रतिशत रकम भुक्तानी गर्नुपरेको हो।

रसुवागढी आयोजनाको क्षमता १११ मेगावाट र साञ्जेनले निमार्ण गरिरहेको अपर साञ्जेनको १४.८ मेगावाट र साञ्जेन जलविद्युत आयोजनाको क्षमता ४२.५ मेगावाट छ ।

साञ्जेनका दुबै आयोजनाहरु २०७६ पुस मध्यसम्म र रसुवागढी जलविद्युत आयोजनाले २०७६ फागुनदेखि व्यवसायिक विद्युत उत्पादन गर्ने प्रक्षेपण छ।

शेयर बिक्री प्रबन्धक
रसुवागढीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल तथा सह निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल, ग्लोबल आईएमई र सनराइज क्यापिटल छन्।

यस्तै साञ्जेन जलविद्युत्को धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष तथा सह निष्काशन तथा विक्री प्रबन्धक सनराइज र एनएमबि क्यापिटललाई तोकिएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।