ग्लोबल आइएमई लघुवित्तको नाफा २५५.७१% ले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

Apr 22, 2019 Merolagani

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ग्लोबल आइएमई लघुवित्त (GILB) ले चार करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्षको यसै अवधिको तुलनामा लघुवित्तको खुद नाफा २५५.७१ प्रतिशत अर्थात दुई करोड ९३ लाख रुपैयाँले बढी हो ।

गत वर्षको तेस्रो त्रैमासमा लघुवित्तले एक करोड १४ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो । लघुवित्तको खुद ब्याज आम्दानी र अन्य संचालन आम्दानीमा बढोत्तरी हुँदा नाफा बढेको हो ।

यस त्रैमासमा लघुवित्तको प्रतिशेयर आम्दानी पनि उल्लेख्य रुपमा बढेको देखिन्छ।

लघुवितको प्रतिशेयर आम्दानी ४९ रुपैयाँ २८ पैसा कायम भएको छ । यो गत वर्षको तुलनामा २०९.३१ प्रतिशतले वृद्धि भएको हो । गतबर्ष लघुवित्तको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ९३ पैसा थियो ।

आर्थिक बर्ष २०७४/०७५ को मुनाफाबाट १५ प्रतिशत बोनस वितरण गरी चुक्ता पूँजी ९ करोड ६० लाख रुपैयाँबाट ११ करोड ४ लाख रुपैयाँ पुर्याएको लघुवित्तको जगेडा कोषमा ५ करोड ५९ लाख रुपैयाँ सञ्चित छ ।

समीक्षा अवधिसम्ममा ७१ करोड २९ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले दुई अर्ब २६ करोड ९७ लाख रुपैयाँ अन्य बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर दुई अर्ब ८२ करोड ८२ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा लघुवित्तले ९ करोड ५० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको यसै अबधिको तुलनामा १३९.१६ प्रतिशत अर्थात ५ करोड ५२ लाख रुपैयाँ धेरै हो । गत वर्ष यसै अबधिमा लघुवित्तले तीन करोड ९७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

लघुवित्तमा निष्कृय कर्जा अनुपात ०.४७ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ ६८ पैसा छ भने मूल्य आम्दानी २०.५४ गुणा बढी छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।