एभरेष्ट इन्स्योरेन्स र नाडेप लघुवित्तको शेयरमूल्य समायोजन

Apr 22, 2019 Merolagani

नेपाल स्टक एकसचेञ्जमा बैशाख ९ गते सोमबार एभरेष्ट इन्स्योरेन्स र नाडेप लघुवित्तको शेयरमूल्य समायोजन भएको छ । एभरेष्ट हकप्रद र नाडेपको बोनस पश्चात शेयरमूल्य समायोजन भएको हो।

नेप्सेका अनुसार एभरेष्ट इन्स्योरेन्स (EIC) को ३०० प्रतिशत हकप्रद पश्चात प्रतिकित्ता ३२२ रुपैयाँ ५० पैसामा शेयरमूल्य समायोजन गरिएको छ।

नेप्सेमा १८० दिन कारोबार भएको शेयरमूल्यका आधारमा इन्स्योरेन्सको औसत आधारमूल्य ८३७ रुपैयाँ ६६ पैसा निर्धारण भएको छ ।

यसैगरि सोमबार नै नाडेप लघुवित्त (NADEP) को १५ प्रतिशत बोनसपछि शेयरमूल्य समायोजन भएको छ । गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको १५ प्रतिशत बोनस पश्चात नाडेपको प्रतिकित्ता ५३२ रुपैयाँ १७ पैसामा शेयरमूल्य समायोजन भएको छ ।

नेप्सेमा १८० दिन कारोबार भएको शेयरमूल्यका आधारमा लघुवित्तको औसत आधारमूल्य ४७२ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ ।

दुबै कम्पनीको सोमबार समायोजित शेयरमूल्यलाई आधार मानेर कारोबार खुला भएको छ । समायोजन पश्चात नाडेपको शेयरमूल्य बढेको छ भने इन्स्योरेन्सको कारोबार भएको छैन। यद्यपी समायोजि मूल्यभन्दा माथिल्लो दरमा किन्न अर्डरमार्केट डेप्थमा देखिन्छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।