राष्ट्र बैंकले हकप्रद रोकेपछि आरम्भ माइक्रोफाइनान्स मर्जर तथा प्राप्तीको बाटोमा

Apr 22, 2019 Merolagani

आरम्भ माइक्रोफाइनान्स (AMFI) पनि मर्जर प्राप्तीमा जाने भएको छ। यसअघि साधारण सभाबाट हकप्रद जारी गरि पूँजीवृद्धि गर्ने प्रस्ताव पारित गरेको कम्पनीले हकप्रद निष्काशनमा राष्ट्र बैंकले अंकुश लगाएपछि वैकल्पिक बाटो अंगालेको हो। कम्पनीले बैशाख २६ गते आह्वान गरेको विशेष साधारण सभामा मर्जर तथा प्राप्तीलाई प्रमुख एजेण्डा बनाइएको छ ।

माइक्रोफाइनान्सको बैशाख ८ गते बसेकोे सञ्चालक समितिको १३३ औं बैठकले केन्द्रीय कार्यालय बनेपामा बैशाख २६ गते दिउँसो १ बजे विशेष साधारण सभा डाकेको हो।

यसअघि हकप्रद निष्काशन गरेर पूँजी वृद्धि गर्ने तयारीमा रहेको लघुवित्तले राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुलाई हकप्रद निष्काशनमा बन्देज लगाउँदै मर्जर तथा प्राप्तीमा जोड दिने नीति अंगिकार गर्न थालेपछि आफ्नो रणनीति परिवर्तन गर्न लागेको हो ।

माइक्रोफाइनान्सले गत पुस २४ गते सम्पन्न चौथौ वार्षिक साधारण सभाबाट चुक्ता पूँजीको ७० प्रतिशत अर्थात ४ करोड २० लाख रुपैयाँ बराबरको हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो।

हकप्रद निष्काशन गर्न केन्द्रीय बैंकले रोक लगायपश्चात कम्पनीले मर्जर प्राप्तीको बाटो अंगालेको हो।

आरम्भ माइक्रोफाइनान्सको प्रमुख कार्यकारी अधिकृत पवन कुमार श्रेष्ठले साधारण सभाबाट पारित सबै एजेण्डा स्वीकृत गरेर ७० प्रतिशत हकप्रद निष्काशनको अनुमति नदिएपछि मर्जर प्राप्तीमा अगाडि बढाएको मेरोलगानीलाई बताए।

विशेष साधारण सभाले लघुवित्तको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारणलगायत समग्र वित्तीय विवरणमाथि छलफल गरि पारित गर्नेछ।

विशेष साधारण सभा प्रयोजनको लागि माइक्रोफाइनान्सले बैशाख १८ गते देखि शेयरधनी दर्ता किताब बन्द गर्ने भएको हो। बैशाख १७ गतेसम्म कायम शेयरधनीले लघुवित्तको विशेष साधारण सभामा भाग लिन पाउनेछन्।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।