शेयर बजार परिसूचक नेप्से सामान्य घटेपनि लगातार दोस्रो दिन अर्ब बढीको कारोबार हुनुले शेयर बजारको चमक कायमै रहने देखिन्छ । बैंक तथा वित्तीय संस्थापछि बीमा कम्पनीहरुको सूचकमा देखिएको सुधारले लगानीकर्ताहरु आफ्नो पोर्टफोलियो बदल्नतर्फ लागेको विश्लेषण हुन थालेको छ । सामान्य करेक्सनपछि बजारले फेरि उकालो यात्रा कायम राखेमा बजारको वृद्धि टिकाऊ हुने जानकारहरु बताउँछन् ।
वैशाख जेठको समय शेयर बजारको सिजनका रुपमा पनि हेरिन्छ । दैनिक उच्च कारोबार हुनुले यसलाई प्रष्टयाउँछ । निरन्तर बजार बढीरहदा बीचबीचमा करेक्शन आवश्यक रहेको पनि बजारका पण्डितहरुको भनाई छ ।
तेस्रो त्रैमासको वित्तीय विवरणहरुले पनि लगानीकर्तालाई कम्पनी छनौटमा सहयोग पुर्याएको छ । अधिकांश वाणिज्य बैंकहरुलाई उच्च नाफा वृद्धिका विवरणहरु पस्किरहेका छन् । वाणिज्य बैंकहरु पछि लगानीकर्ताको ध्यान बीमा कम्पनीहरुमा समेत मोडिएको छ । जसले गर्दा सोमबारको बजारमा बीमा समूहका सूचक सकारात्मक रहेका छन् ।
नेप्से ७ अंकले घट्यो, लगातार दोस्रो दिन अर्ब बढीको कारोबार
केहि समय देखि निरन्तर बढ्दै आइरहेको शेयर बजारमा सोमबार ७.२६ अंकको गिरावट आएको छ । नेप्से परिसूचक १२५६.९४ विन्दुमा र्झदा करोबार रकममा भने सामान्य सुधार भएको छ ।
यस दिन १६८ कम्पनीका ३२ लाख २२ हजार २५६ कित्ता शेयर किनबेच भएर एक अर्ब ३ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । आइतबार एक अर्ब २ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
यस दिन कारोबारमा आएका ११ उपसमुह मध्ये अधिकाँस उपसमुहको सूचक नकारात्मक देखिएको छ । ४ उपसहुकको सूचकमा सुधार देखिएको छ भने ७ को सूचक नकारात्मक भएका हुन् ।
सोमबार जीवन बीमाको सूचक सबैभन्दा धेरै १५४.२९ अंकले बढेको छ । यस्तै निर्जीवन बीमा ६४.५८, उत्पादन तथा प्रशोधन २३.९८, र व्यापार समुहको सूचक २.७ अंकले सुधार भएको हो । यता होटल समुहको सूचक सबैभन्दा धेरै २४.९७ अंकले ओरालो लागेको छ । यस्तै माइक्रोफाइनान्स २०.९८, वाणिज्य बैंक १३.८९, विकास बैंक १२.९८, अन्य ४.९७, हाइड्रोपावर १.८८ र फाइनान्स १.५२ अंकले नकारात्मक बने ।
सोमबार बैकिङ्ग उपसमुहको सूचक नकारात्मक देखिएपछि लगानीकर्ताहरुको आर्कषण भने घटेको छैन् । यस दिन मात्रै बैकिङ्ग समुहको सबै भन्दा धेरै ७३ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भयो । त्यसमा नेपाल बैंकको शेयर सबैभन्दा धेरै रकमको कारोबार भएको छ । नेपाल बैंकको ९ करोड ३६ लाख रुपैयाँको कारोबार भएको हो ।
यस्तै सिभिल बैंक, प्रभु बैंक, एनआईसि एशिया बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेको इन्स्योरेन्स, एनएमबि बैंक र एभरेष्ट बैंकको ३ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । नेपाल बैगलादेश र नविब बैंकको संस्थापक शेयर पनि करिब ३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
सोमबारको कारोबारबाट एभरेष्ट बैंकको शेयरधनीरुले सबै भन्दा धेरै ९.७७ प्रतिशतले कमाएका छन् । आजै तेस्रो त्रैमासिक वित्तीय विवरण सर्वजानिक गरेको ग्लोबल आइएमई लघुवित्तको शेयरमूल्य ५.४१ प्रतिशतले बढेको छ ।
यस्तै युनिलिभर नेपालको शेयरमूल्य ४.०३ प्रतिशतले बढ्दा स्ट्याण्डर्ड चार्टर्ड बैंक, सिर्जना फाइनान्स, ग्लोबल आइएमई समुन्नत स्किम १, तारागाँउ रेजेन्सी होटल, सिटिजन म्युचुअल फण्ड १, प्राइमलाइफ इन्स्योरेन्सको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले सुधार भएको छ ।
यता माउन्टेन हाइड्रो नेपालका शेयरधनीले सबै भन्दा धेरै ५.२० प्रतिशतले गुमाएका छन् । नेपाल एसविआई बैंक, नेशनल हाइड्रोपावर, हिमालन बैंकको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले ओरालो लागेको छ ।
यस्तै समता माइक्रोफाइनान्स, डिप्रोक्स लघुवित्त, बैंक अफ काठमान्डू, हिमालयन पावर पार्टनर, राधि विद्युत कम्पनी, सिभिल लघुवित्तका शेयरधनीहरुले ३ प्रतिशत भन्दा बढीले गुमाएका छन् ।