नवीकरणीय उर्जाको विकल्प विस्तारका लागि विश्व बैंकद्धारा ७० लाख ६१ हजार डलर सहायता प्रदान

Apr 22, 2019 Merolagani

सरकार र विश्व बैंकले निजी क्षेत्रसँगको साझेदारीमा नेपालका केही क्षेत्रमा नवीकरणीय उर्जा विकल्प बढाउनका लागि सोमबार एक सम्झौतामा हस्ताक्षर गरेका छन् । निजी क्षेत्रले निर्माण गरिरहेको छोटो प्रशारण लाइनमा कुल ४ वर्षको अवधिमा १ करोड ७० लाख २१ हजार डलर खर्च गरिनेछ । 

जसमा विश्व बैंकका तर्फबाट अनुदान स्वरुप ५० लाख ६१ हजार डलर र ऋण स्वरुप २० लाख डलर गरी जम्मा ७० लाख ६१ हजार डलर सहायता प्रदान गरिनेछ । भने सरकारका तर्फबाट ६० लाख डलर र बाँकी रहेको ३० लाख ६० हजार डलर निजी क्षेत्रबाट प्रदान गरिनेछ ।

उक्त परियोजनाले एक लाख २६ हजार ग्रामीण क्षेत्रका मानिसहरुलाई नवीकरणीय उर्जा प्रदान गर्ने र ग्रामीण क्षेत्रमा साना हाइड्रो परियोजना र सोलार सहपरियोजनाका माध्यमबाट ८० भन्दा बढी व्यवसायलाई सहयोग पुग्ने बताइएको छ ।

नवीकरणीय उर्जा सम्बद्र्धनका लागि सरकारको बैकल्पिक उर्जा सम्बर्धन केन्द्र (एईपीसी) द्धारा उक्त परियोजना कार्यान्वयन गरिनेछ ।

उक्त कार्यक्रममा निजी क्षेत्रद्धारा प्रशारण लाइन विकास सम्भव भएको र विकासका हरेक क्रियाकलापमा निजी क्षेत्रलाई शामिल गर्नका लागि सरकार प्रतिबद्ध रहेको बताईएको छ ।

सरकारको सहकार्यमा निजी क्षेत्रको सहभागितालाई प्रोत्साहन गर्दे ग्रामीण समुदायमा स्वच्छ र कुशल उर्जाको विकल्प प्रदान गर्दै उर्जा सुधारका लागि यो एउटा महत्वपूर्ण व्यवसायिक कदम भएको विश्व बैंकले जनाएको छ ।

यस परियोजनाको लक्ष्य २५ भन्दा अधिक छोटा प्रशारण सहपरियोजनाहरुलाई समर्थन गर्नु र हाल कायम छोटा प्रशारण लाइनको क्षमता अभिवृद्धि र पुर्नस्थापना गर्दे ३।८ मेगावाटको नयाँ क्षमता विकास गर्नु रहेको छ ।

सरकारको नवीकरणीय उर्जा सहायता नीति २०१६ का माध्यमबाट उत्कृष्ट नीति सुधार र यस परियोजनाको प्रभावकारी कार्यान्वयनबाट नेपालको ग्रामीण क्षेत्रमा उर्जा पहुँच विस्तार गर्नका लागि यो मोडल सफल हुने अपेक्षा गरिएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।