रसुवागढी हाइड्रोपावर र साञ्जेन जलविद्युत कम्पनीको आईपिओमा लगानीकर्ताले मेरो शेयर सफ्टवेयरबाट अनलाईन आवेदन तथा धितोपत्र बोर्डबाट आस्वा सदस्यता लिएका आफ्नो बैंक खाता रहेको बैंक तथा वित्तीय संस्थाबाट सि आश्वा प्रणालीबाट पनि आईपिओ भर्न सक्नेछन्।
दुबै कम्पनीको शेयरमा यसअघि नै आवेदन दिइसकेका संस्थापक शेयरधनी कम्पनीका कर्मचारी, ऋणदाता कम्पनीका कर्मचारी र कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताले भने यस निष्काशनमा आवेदन दिन पाउने छैनन् ।
आयोजनाबाट प्रभावित स्थानीय बासिन्दाले भने हाल आवेदन दिन पाउनेछन् । तर अहिले निष्काशन गरिएको आईपिओमा आवेदन दिने स्थानीयले भने यसपछि निष्काशन हुने स्थानीयका लागि निष्काशन हुने शेयरमा फेरि आवेदन दिन पाउँदैनन्।
दुबै आयोजनामा डेढ लाख बढीले गरे आवेदन
बिक्री प्रबन्धकहरुका अनुसार तेस्रो दिन अर्थात चैत १० गते सोमबार ५ बजेसम्ममा साञ्जेनको आईपिओमा १.६२ गुणा र रसुवागढीको आईपिओ १.०६ गुणा बढी आवेदन परेको छ ।
साञ्जेन जलविद्युत्त (SJCL) को बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार ८० करोड ८५ लाख ५३ हजार रुपैयाँ बराबरको ८० लाख ८५ हजार ३५० कित्ता शेयरका लागि आवेदन परेको छ। एक लाख ५८ हजार ५७३ वटा आवेदनबाट सो माग भएको हो। कम्पनीले सर्वसाधारणमा ४९ लाख ८२ हजार २५० कित्ता शेयरमा आवेदन मागेको थियो।
यसैगरि बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुासार रसुवागढी हाइड्रोपावर (RHCL) को आईपिओमा ९९ करोड ६ लाख ४५ हजार रुपैयाँ बराबरको ९९ लाख ६ हजार ४५० कित्ता शेयरका लागि आवेदन परेको छ । एक लाख ५८ हजार ७२५ वटा आवेदनबाट सो माग भएको हो। कम्पनीले सर्वसाधारणमा ४९ लाख ८२ हजार २५० कित्ता शेयरमा आवेदन मागेको थियो। कम्पनीले सर्वसाधारणमा ९३ लाख ३९ हजार ४६७ कित्ता शेयरमा आवेदन मागेका हो।
नेपाल विद्युत प्राधिकरण र चिलिमे जलविद्युतको लगानी रहेको र प्रति मेगावाट लागत लागत न्यून रहेकाले दुबै आयोजना लगानीका लागि अन्य जलविद्युत कम्पनीको तुलनामा उययुक्त देखिन्छ।
कति गर्ने आवेदन ?
नेपाल धितोपत्र बोर्डबाट सि आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयहरु ७७ जिल्लाबाटै बैशाख १० गते मंगलबार कार्यालय समयभित्र आईपिओमा आवेदन गर्न सकिन्छ। त्यसको अलावा मेरो शेयर प्रयोगकर्ताहरुले सो सफ्टवेयर मार्फत पनि आईंपिओ भर्न सक्नेछन्।
नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार दुबैको सार्वजनिक निष्काशनमा न्यूनतम १० कित्ताका लागि एक हजार रुपैयाँदेखि आवेदन गर्न सकिन्छ। साञ्जेनमा आईपिओमा अधिकतम २ हजार कित्ता र रसुवागढीमा अधिकतम ५ हजार कित्तासम्म आवेदन गर्न पाउने ब्यवस्था छ ।
यद्यपी लगानीकर्ताको चापले ५० कित्ताको आवेदन नै शेयर पाउने अवस्था देखिन्न। निष्काशित शेयरका आधारमा रसुवागढीमा ४ हजार र साञ्जेनमा दुई हजार रुपैयाँको आवेदन गर्नु उपयुक्त देखिन्छ ।
रसुवागढी हाइड्रोपावरले कर्मचारी र म्युचुअल फण्डलाई छुट्याइएर ९३ लाख ३९ हजार ४६७ कित्ता शेयर सर्वसाधारणलाई बिक्री खुला गरेको छ । यसैगरि साञ्जेनले कर्मचारी र म्युचुअल फण्डलाई छुट्टाएर सर्वसाधारणमा ४९ लाख ८२ हजार २५० कित्ता शेयरमा आवेदन माग गरेको छ।
‘जनताको जलविदुत कार्यक्रम’ मा समेटिएपनि दुबै आयोजनाहरुको भौतिक प्रगति ५० प्रतिशत बढी सम्पन्न भैसकेकाले लगानीकर्ताले प्रतिशेयर १०० रुपैयाँ दरले नै खरिद गर्नुपर्नेछ।