नेपाल एग्रो लघुवित्तको आईपिओमा २०.६१ गुणा धेरै आवेदन, गणपतिमा कति पर्यो?

Apr 23, 2019 Merolagani

नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको साधारण शेयरमा दुई दिनमा २०.६१ गुणा बढी आवेदन परेको छ। यसैगरि अर्को लघुवित्त गणपति माइक्रोफाइनान्सको साधारण शेयर पनि पहिलो दिनमा नै ३.६८ गुणा बढी शेयर माग भएको छ।

बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङ्गका अनुसार दोस्रो दिन चैत ९ गते सोमबारसम्ममा नेपाल एग्रो लघुवित्त (NALBSL) को शेयरमा ३१ करोड १५ लाख ७९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । एक लाख ४५ हजार २०० बढी आवेदकबाट ३१ लाख १५ हजार ७९० कित्ता शेयर माग भएको हो।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा एक लाख ५१ हजार २०० कित्ता शेयर बिक्रीमा ल्याएको हो । कूल एक लाख ६१ हजार ७७८ कित्ता आईपिओ निष्काशन गरेको कम्पनीले २४ सय ८९ कित्ता लघुवित्तका कर्मचारी र ८ हजार ८९ कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ ।

गणपतिमा ३.६८ गुणाको आवेदन

गणपति माइक्रोफाइनान्स वित्तीय संस्था (Ganapati) ले निष्काशन गरेको साधारण शेयरमा पहिलो दिनमा नै ३.६८ गुणा बढी आवेदन परेको छ ।

माइक्रोफाइनान्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलका अनुसार चैत ९ गते सोमबार साँझ ५ बजेसम्म ११ करोड ५० लाख रुपैयाँ बराबरको शेयर माग भएको हो । ५५ हजार ४९३ वटा आवेदकबाट ११ लाख ५० हजार कित्ता शेयर माग भएको हो ।

गणपतिले सर्वसाधारणमा प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरको ३ लाख १३ हजार ७५ कित्ता साधारण शेयर निष्काशन गरेको हो । कम्पनीले कूल ३ लाख ३५ हजार कित्ता शेयर निष्काशन गरेकोमा ५ हजार १७५ माइक्रोफाइनान्सका कर्मचारीहरुका लागि र १६ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुलाई आरक्षण गरिएको छ ।

यो कम्पनीको आइपीओलाई केयर रेटिङ्गस् नेपाल लिमिटेडले केयर एनपि आइएपिओ ग्रेड ४ ग्रेडिङ प्रदान गरेको छ । जसले ग्रेडिङले कम्पनीको आधारभूत अवस्था औसत भन्दा तल आधार रहेको बुझाउँछ। केयर रेटिङ्स नेपालले आईपिओलाई ग्रेड १ देखि ५ सम्मको रेङ्गिग प्रदान गर्दछ जसमा ग्रेड १ ले सबैभन्दा बलियो आधार र ग्रेड ५ ले सबैभन्दा कमजोर आधार जनाउँदछ।

नेपाल एग्रोको आईपिओमा बैशाख ११ गते बुधबार र गणपति माइक्रोफाइनान्सको बैशाख १२ गते बिहीबारसम्म आवेदन गर्न सकिन्छ। नेपाल धितोपत्र बोर्डबाट सि आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयहरु ७७ जिल्लाबाटै बैशाख १० गते मंगलबार कार्यालय समयभित्र आईपिओमा आवेदन गर्न सकिन्छ। त्यसको अलावा मेरो शेयर प्रयोगकर्ताहरुले सो सफ्टवेयर मार्फत पनि आईंपिओ भर्न सक्नेछन्।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।