ग्रामीण विकास लघुवित्तले बैशाख २७ गतेदेखि हकप्रद बेच्ने

Apr 23, 2019 Merolagani

ग्रामीण विकास लघुवित्त वित्तीय संस्था (GBLBS) ले बैशाख २७ गतेदेखि चुक्ता पूँजीको पचास प्रतिशत हकप्रद बिक्री गर्ने भएको छ । कम्पनीले दुई बराबर एक अनुपातमा ३२ लाख ७५ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

लघुवित्त कम्पनीले सञ्चालक समितिको चैत १४ गते बसेको १२२ औं बैठकको निर्णय अनुसार ५० प्रतिशत हकप्रद निष्काशनका लागि चैत २९ गते बुकक्लोज गरिसकेको छ ।

जसअनुसार चैत २८ गतेसम्म कायम शेयरधनीले मात्र उक्त हकप्रदमा आवेदन दिन पाउनेछन् ।हकप्रदमा आवेदन दिने अन्तिम दिन जेठ ३० गते रहेको छ ।

हकप्रदमा एनआईबिएल एस क्यापिटल लाजिम्पाट तथा यसका शाखा कार्यालयहरु लालदरबार काठमाडौं , लगानखेल ललितपुर,  पोखरा, वीरगञ्ज, बुटवल, विराटनगर तथा ग्रामिण विकास लघुवित्तको शााखा कार्यालयहरु विराटनगर, जनकपुर,बुटवल, नेपालगञ्ज र धनगढी शाखाबाट हकप्रदमा आवेदन दिन सक्नेछन्। यसैगरि मेरो शेयरबाट समेत हकप्रद भर्न सकिन्छ।

लघुवित्तको असोज ५ गते सम्पन्न विशेष साधारण सभाले चुक्ता पूँजी ६५ करोड ५० लाख रूपैयाँको ५० प्रतिशत अर्थात १ को अनुपात ०.५ प्रतिशतका दरले हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।

हकप्रद निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल रहेको छ । हाल ६५ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको ग्रामीणको ३२ करोड ७५ लाख रुपैयाँ हकप्रद बिक्री पश्चात ९८ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले ११ करोड ३४ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ६४ पैसा कायम गरेको छ । लघुवित्त कम्पनीको चैत ९ गते प्रतिकित्ता शेयरमूल्य ३४६ रुपैयाँ रहेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।