अमेरिकी दबाबका बीच हुवावेको आम्दानी ३९ प्रतिशतले बढ्यो

Apr 23, 2019 Merolagani

विश्वभर कम्पनीको ५जी उपकरणमा प्रतिबन्ध लगाउन अमेरिकाको तर्फबाट दबाब बढिरहेको भएपनि चिनियाँ दूरसञ्चार उपकरण तथा स्मार्टफोन निर्माता कम्पनी हुवावेईको आम्दानी बढेको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार, यस वर्षको पहिलो त्रैमासमा हुवावेको आम्दानी ३९ प्रतिशतले बढेको हो ।

जनवरी–मार्च त्रैमासमा हुवावेईले कुल १ खर्ब ७९ अर्ब ७० करोड युआन अर्थात् २६ अर्ब ८१ करोड डलर आम्दानी गरेको छ ।

यस अवधिमा कम्पनीले ५ करोड ९० लाख थान स्मार्टफोन विक्री गरेको छ । तुलनाका लागि योभन्दा अघिको वित्तीय विवरण सार्वजनिक नगरेपनि रिसर्च फर्म स्ट्राटेजी एनालिटिक्सका अनुसार, गत वर्षको पहिलो त्रैमासमा कम्पनीले ३ करोड ९३ लाख थान स्मार्टफोन विक्री गरेको थियो ।

विश्वको सबैभन्दा ठूलो दूरसञ्चार उपकरण निर्माता कम्पनी तथा तेस्रो ठूलो स्मार्टफोन कम्पनीका रुपमा रहेको हुवावेले पहिलोपटक आफ्नो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको हो । यसअघि भने कम्पनीले अर्धवार्षिक र वार्षिक प्रतिवेदन मात्रै सार्वजनिक गर्दै आएको थियो । हुवावे शेयर बजारमा सूचीकृत छैन ।

मार्चको अन्त्यसम्ममा कम्पनीले मोबाइल सेवा प्रदायकहरुसँग ५जी का लागि ४० ओटा सम्झौतामा हस्ताक्षर गरेको छ । विश्वभर कम्पनीको ५जी उपकरणमा प्रतिबन्ध लगाउन दबाब बढिरहेको भएपनि हुवावेईको वृद्धि जारी रहेको पछिल्लो वित्तीय विवरणले देखाएको छ ।

अमेरिकाले हुवावेको उपकरण जासुसीका लागि प्रयोग हुनसक्ने भन्दै विश्वभर हुवावेका विरुद्ध अभियान नै चलाइरहेको छ । अमेरिकाले आफ्ना सहयोगी देशहरुसँग हुवावेको ५जी नेटवर्कलाई प्रतिबन्ध गराउनका लागि आग्रह गर्दे आएको छ ।

ईरानमाथि लागेको अमेरिकी प्रतिबन्ध तोडेको भन्दै गत वर्ष हुवावेकी उपप्रमुख मेंग वांगझुलाई क्यानडाबाट पक्राउ गरिएको थियो । तर हुवावेले अमेरिकाले लगाएको आरोपको लगातार खण्डन गर्दे आइरहेको छ । एजेन्सी

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।