पूँजी बजारमा खुलामुखी म्युचुअल फण्डको प्रवेश, एनआईबिएल सहभागिता फण्डलाई बोर्डको स्वीकृति

Apr 23, 2019 Merolagani

नेपालको पूँजी बजारमा खुलामुखी (ओपन इन्डेड) म्युचुअल फण्डको प्रवेश भएको छ। नेपाल धितोपत्र बोर्डले बैशाख ९ गते सोमबार ५० करोडको एनआईबिएल सहभागिता फण्डलाई पाँच करोड इकाई जारी गर्न स्वीकृती प्रदान गरेसँगै खुलामुखी फण्ड सञ्चालनमा आउने भएको हो ।

बोर्डले एनआईबिएल म्युचुअल फण्डलाई प्रतिईकाई दश रुपैयाँमा पाँच करोड इकाई निष्काशनको अनुमति दिएको हो। जसको कोष प्रवद्र्धक नेपाल इन्भेष्टमेन्ट बैंक तथा योजना व्यवस्थापक एनआईबिएल क्यापिटल मार्केट रहनेछ ।

 

धितोपत्र बोर्डले आर्थिक वर्ष २०७४/७५ देखि खुलामुखी सामूहिक लगानी कोष योजना प्रवेश गराउने रणनीति अंगिकार गरेको थियो। सोही नीति अनुरुप एनआईबिएल एस क्यापिटलले खुलामुखि फण्ड सञ्चालन गर्ने अनुमति मागेको थियो। खुला मुखी फण्ड सञ्चालन गर्ने भएपछि बोर्डको निर्देशन अनुरुप एनआईबिएल म्यापिटल मार्केटले खरिद बिक्री प्रक्रिया, राफसाफ विधि र खुद सम्पत्ति मूल्य गणना गर्ने विधि टुङ्गाइसकेका छ ।

खुलामुखी म्युुचुुअल फण्डमा यसको इकाई, लगानी वा समयको कुनै सीमा हुँदैन । हाल सञ्चालनमा रहेको बन्दमुखी फण्डको जस्तो परिपक्व हुने कुनै निश्चित अवधि तोकिएको हुँदैन भने कुनै पनि समयमा लगानीकर्ताले सम्बन्धित स्किमको इकाई किन्न वा बेच्न सक्ने सुविधा खुलामुखी म्युुचुुअल फण्डमा हुन्छ । यस्तोे फण्डमा अहिले प्रचलनमा रहेजस्तो इकाई निष्काशनको समय वा दोश्रो बजारबाट मात्र लगानी गर्नुपर्ने बाध्यता रहँदैन।

नेपालमा अहिलेसम्म खुलामुखी कोष सञ्चालनमा नआएपनि विश्वबजारमा भने अधिकांश खुलामुखी (ओपन इण्डेड) सामूहिक लगानी कोष सञ्चालनमा रहेको पाइन्छ।

खुलामुखी प्रकारका कोषले लगानीकर्ताको मागअनुसार जति पनि संख्यामा इकाइहरू जारी वा बिक्री गर्न सक्छ। त्यसरी संकलन गरेको सबै रकम कोष व्यवस्थापकले तुरुन्तै लगानी गर्ने भएकाले यस्ता कोषका इकाइ दोस्रो बजारमा प्रायजसोप्रतिइकाई खुद सम्पत्ति मूल्य (एनएभीमा) नै खरिद बिक्री हुनेगर्छ ।

हालसम्म नेपालमा बन्दमुखि प्रकृतिको १३ वटा म्युचुअल फण्ड सञ्चालनमा रहेका छन् भने जेठ ३ गतेसम्म आवेदन गर्न पाउने गरि नबिल ब्यालेन्स्ड फण्डले १२ करोड इकाई बैशाख ५ देखि बिक्री गरिरहेको छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।