अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले समाप्त हुन लागेको आयात छुट समाप्त गर्ने भएको हो । प्रशासनले हाल कायम छुट नवीकरण नगर्ने भएको हो ।
अहिले अमेरिकाले चीन, ग्रीस, भारत, इटाली, जापान, दक्षिण कोरिया, ताइवान र टर्कीलाई इरानबाट तेल आयातमा छुट दिँदै आएको छ । यो छुट मे २ मा सकिँदै छ । स्रोतका अनुसार, अमेरिकी प्रशासनले आयात रोक्न नभए प्रतिबन्धको सामना गर्न आयातकर्ताहरूलाई चेतावनी दिने भएको छ ।
ट्रम्प प्रशासनको उक्त घोषणासँगै तेलको आपूर्ति प्रभावित हुनसक्ने भन्दै उता कच्चा तेलको मूल्य पनि बढेको छ । सोमबारको कारोबारमा कच्चा तेलको मूल्य ३.२ प्रतिशतले वढेर ७४.३० डलर प्रतिब्यारेल पुगेको छ । यो करिब ६ महीनायताकै उच्च हो ।
खबरका अनुसार, ट्रम्पले गत हप्ता नै आफ्निो राष्ट्रिय टीमलाई छुट अन्त्य गर्न चाहेको बताएका थिए । एजेन्सी