मेरो शेयरको समस्याले धेरै लगानीकर्ता शेयर भर्नबाट बञ्चित, कुनै पनि निष्काशनको अवधि थप नगरिने

Apr 23, 2019 Merolagani

केन्द्रिय निक्षेप प्रणाली (सिडिएससी) को अनलाइन शेयर आवेदन गर्ने प्रणालीमा उत्पन्न समस्याका कारण लगानीकर्ताले अनलाइनबाट शेयरमा आवेदन गर्न सकिरहेका छैनन्। सिडिएससीले सबै समस्या समाधान भैसकेको बताए पनि अझै सहज रुपमा आवेदन गर्न सकिरहेका छैनन्।

एकै पटक ५ कम्पनीको साधारण शेयर निष्काशन भैरहेको छ। युनियन हाइड्रोले निष्काशन गरिरहेको साधारण बिक्री नभए पछि म्याद थपिएको थियो। नबिल व्यालेन्स फण्ड २ का इकाई पनि निष्काशन भैरहेको छ।

 

यसको पनि एक महिनाको अवधि थप गरिएको हो। त्यसै गरी नेपाल एग्रो लघुवित्तको पनि साधारण शेयर निष्काशन भैरहेको छ भने सान्जेन जलविद्युत, रसुवागढी जलविद्युत र गणपति माइक्रोफाइनान्सको पनि साधारण शेयर निष्काशन भैरहेको छ।

सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेका अनुसार एकै पटक धेरै कम्पनीको शेयर निष्काशन भएका कारण म्यासिभ ट्राफिक आउँदा केही समस्या देखिएको हो। मेरोलगानीसँग कुरा गर्दै सिडिएससी प्रवक्ता न्यापानेले भने, म्यासिभ ट्राफिक आएका कारण केही असहजता देखिएको थियो। अहिले समस्या समाधान भैसकेको छ।

न्यौपानले यति भन्दै गर्दा पनि मेरो शेयरको सफ्ट्वेयरमा लगानीकर्ताले लगइन गर्न सकिरहेका छैनन्। जसका कारण कतिपय बैंकहरुमा शेयर आवेदन गर्नेहरुको भिड लागेको छ।

सिडिएससी प्रवक्ता न्यौपानेका अनुसार विगतमा एक पटकमा शेयर आवेदन हुने गरेकोमा अहिले भने केही पटकको प्रयासपछि मात्र आवेदन हुन्छ ।

लगानीकर्ताले सहज रुपमा शेयर निष्काशन गर्न नसकिरहेका बेला चौतर्फी रुपमा शेयर निष्काशनको अवधि थप गर्नुपर्ने आवाज उठ्न थालेको छ। एकै पटक ठुलो संख्यामा शेयर निष्काशन भएका कारण शेयर भर्न नपाएका लगानीकर्ताको माग भने पुरा नहुने भएको छ।

रसुवागढी र साञ्जेन जलविद्युतको साधारण शेयर भने मंगलबार साँझदेखि निष्काशन बन्द हुँदैछ ।

प्रणालीले काम गरिरहेको जनाउँदै सिडिएससीले कुनै पनि निष्काशनको समय थप हुने सम्भावना नरहेको प्रष्ट पारेको छ । उसले अहिले निष्काशन भैरहेका निष्काशनहरुमा मेरो शेयरबाट परेको शेयर आवेदनको तथ्यांक मेरोलगानीलाई उपलब्ध गराएको छ।

सिडिएससीले उपलब्ध गराएको तथ्यांक अनुसार साधारण शेयर निष्काशन गरेका ६ कम्पनी, एउटा डिबेञ्चर तथा २ कम्पनीको हकप्रदमा परेको आवेदन संख्याको तथ्यांक यस्तो छ । सिडिएससीका अनुसार उल्लेखित तथ्यांक सोमबार साँझसम्मको हो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।