बजार छिर्ने र नाफा सुरक्षित गर्ने लगानीकर्ताबीच चर्को बार्गेनिङ्ग

Apr 23, 2019 Merolagani

बजार वृद्धि हुने संकतेका बीच शेयर बजारमा प्रवेश गर्ने र नाफा सुरक्षित गर्ने लगानीकर्ताबीच चर्को बार्गेनिङ्ग चल्दा मंगलबार शेयर बजार परिसूचकमा तिब्र उतार-चढाब देखिएको छ। जसले सोमबारको तुलनामा मंगलबार शेयर कारोबार रकममा समेत संकुचन आएको छ ।

पौने २ बजेसम्म सकारात्मक बनेको बजारमा यसअघि सस्तोमा शेयर उठाएका लगानीकर्ताहरुको नाफा सुरक्षित गर्ने होड बढ्दा बजार ऋणात्मक हुन पुग्यो। अन्तत: अन्तिम १० मिनेटमा बजारले लय समात्दा करिब ४ अंकको सकारात्मक वृद्धि सहित बजार बन्द भएको हो। 

बजार छिर्ने लगानीकर्ताले घटाएर तल्लो बिन्दुमा खरिद गर्न चाहने र बिक्री गर्ने लगानीकर्ताले घटाएर बिक्री गर्न नचाहँदा बजारले सकारात्मक सन्देश प्रवाह गरेको छ।

निरन्तर बढ्दै आइरहेको शेयर बजार सूचक नेप्सेमा सोमबारको ७ अंकको करेक्शनपछि मंगलबार फेरि सुधार देखिएको हो । नेप्से परिसूचक उकालो लागेपनि कारोबार रकम भने सोमबारको तुलामा ४२ करोड खस्किएको छ।

मंगलबार नेप्से परिसूचक ३.७४ अंकको वृद्धिसँगै १२६०.६८ बिन्दुमा पुगेको छ । यस दिन १७६ कम्पनीका १८ लाख १ हजार ५२२ कित्ता शेयर किनबेच हुँदा ६१ करोड ४१ लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । सोमबार एक अर्ब ३ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको थियो ।

उप सूचक मिश्रित

मंगलबार कारोबारमा आएका ११ उपसमूहमध्ये ५ वटाका सूचक सकारात्मक बन्दा ६ वटा नकारात्मक देखिएको छ।

यस दिन उत्पादन तथा प्रशोधन समुहको सूचक सबैभन्दा धेरै ४६.०८ अंकले बढेको छ । यस्तै निर्जीवन बीमा १६.४१, वाणिज्य बेंक ६.६६ र फाइनान्स १.४५ र विकास बैंकको सूचक ०.५७ अंकको सुधार आएको हो । यता जीवन बीमा समुहको सबै भन्दा धेरै २२.२२ अंकले घटेको छ । यस्तै होटल १७.३७, माइक्रोफाइनान्स ४.९५, हाइड्रोपावर ४.११, व्यापार २.७९, अन्य २.१३ अंकले नकारात्मक भएको छ ।

 

छिमेक लघुवित्तको धेरै कारोबार

मंगलबार छिमेक लघुवित्तको सबैभन्दा धेरै रकमको कारोबार भएको छ । लघुवित्तको ४ करोड ९६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । नेपाल बैंकको पनि ४ करोड २१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

यसैगरि एनएमबि बैंकको २ करोड ९० लाख, एनआईसी एशिया बैंकको २ करोड ७९ लाख, छिमेक लघुवित्तको संस्थापक शेयर २ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै नबिल बैंकको संस्थापक शेयर, स्टाण्डर्ड चार्टर्ड बैंक, एभरेष्ट बैंक, प्रभु बैंक र नेपाल लाइफ इन्स्योरेन्सको शेयर अधिक मात्रामा कारोबार भएको छ ।

एभरेष्ट इन्स्योरेन्सका शेयरधनीहरुले कमाउँदा घलेम्दी हाइड्रोकाले गुमाए

मंगलबारको बजारमा एभरेष्ट इन्स्योरेन्सका शेयरधनीहरुले सबैभन्दा धेरै नाफा कमाएका छन् । इन्स्योरेन्सका शेयरमूल्य ९.८९ प्रतिशतले बढेको छ । यस्तै श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको शेयरमूल्य ७.१४, राधी विद्युत कम्पनीको ६.५८, उन्नति माइक्रोफाइन्सको ४.९१, युनिलिभर नेपालको ४.०४, हिमालयन डिस्टिलरीको ३.३६ र सिन्धु विकास बैंकको शेयरमूल्य ३.१३ प्रतिशतले बढेको छ ।

यता घलेम्दी हाइड्रोको शेयरधनीले सबैभन्दा धेरै ४.७९ अंकले गुमाएका छन् । यस्तै अरुण काबेली पावरको शेयरमूल्य ४.६७ र भार्गव विकास बैंकको शेयरमूल्य ४.०९ प्रतिशतले ओरालो लागेको छ । सिनर्जी पावर, एनआईबिएल प्रगति फण्डको इकाई मूल्य, सेन्ट्रल फाइनान्स, ग्लोवल आईएमई लघुवित्त, कालिका लघुवित्त लगायतको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।