शेयर बेच्दा धितो राख्नुपर्ने व्यवस्था खारेज, लगानीकर्तालाई राहत

Apr 23, 2019 Merolagani

शेयर किन्दा वा बेच्दा शेयर दलालकोमा रकम जम्मा गर्नु पर्ने व्यवस्थाबाट लगानीकर्तालाई छुटकारा मिलेको छ। नेपाल स्टक एक्सचेञ्जले तयार गरेको अनलाइन कारोबार प्रणाली कार्यान्वयनमा आए पछि शेयर बेच्दा निश्चित रकम जम्मा गर्नु पर्ने व्यवस्था थियो। यो व्यवस्था हटेर शेयर किन्दा मात्र यस्तो रकम जम्मा गर्नु पर्ने व्यवस्था कार्यान्वयनमा आएको हो ।

कानुनी प्रावधानका कारण नभई अनलाइन कारोबार प्रणालीको विकास गर्दा बनाइएको प्रणालीले यस अघि शेयर बेच्दा पनि रकम जम्मा गर्नु पर्ने बाध्यता लगानीकर्तामा थियो । यस्तो रकम जम्मा नगरी शेयर किन्न वा बेच्न नपाइने किसिमले कारोबार प्रणालीको विकास गरिएका कारण लगानीकर्ताहरु शेयर बेच्ने समयमा पनि आफ्नो दलाल व्यवसायीकोमा रकम बुझाउन बाध्य थिए ।

अनलाइन प्रणालीको विकास गरेको नेप्सेको भेण्डर कम्पनी वाइको प्रालिका अनुसार सफ्ट्वेयरमा शेयर खरिद गर्दा मात्र कोल्याट्रल राख्नु पर्ने व्यवस्था गरिएको छ । शेयर किन्दा पनि कोल्याट्रल राख्नु पर्ने प्रणालीलाई परिमार्जन गरेर कार्यान्वायनमा ल्याई सकिएको वाइकोका प्रमुख कार्यकारी अधिकृत दिपेश प्रधानले मेरोलगानीलाई बताए । यसबाट लगानीकर्तालाई सहज हुने विश्वास प्रधानको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।