रसुवागढी र सान्जेन जलविद्युतको आइपिओ भर्ने अवधि थपियो, कहिलेसम्म गर्न पाइन्छ आवेदन ?

Apr 23, 2019 Merolagani

रसुवागढी र सान्जेन जलविद्युत आयोजनाको साधारण शेयरमा आवेदन गर्ने समय थप गर्न धितोपत्र बोर्डले शेयर निष्काशन तथा बिक्री प्रबन्धकहकरुलाई निर्देशन दिएको छ । बोर्डमा लगानीकर्ताहरुले सिडिएससीको मेरो शेयरबाट शेयर आवेदन गर्न नसकेको भनी गरेको गुनासोका आधारमा धितोपत्र बोर्डले यस्तो निर्देशन दिएको हो ।

धितोपत्र बोर्डका प्रवक्त निरज गिरीका अनुसार सान्जेन र रसुवागढी जलविद्युत कम्पनीको साधारण शेयर बिहीबारसम्म निष्काशन गर्नका लागि सम्बद्ध निकायहरुलाई निर्देशन दिइएको हो ।

धितोपत्र बोर्डले दुवै जलविद्युत कम्पनीको बिक्री प्रबन्धक तथा सहायक बिक्री प्रबन्धकहरुलाई पत्राचार गर्दै भनेको छ, 'सार्वजनिक निष्काशनको क्रममा सिडीएसएलको सफ्ट्वेयरमा समस्या उत्पन्न भई आवेदन गर्न नसकिएको भनी लगानीकर्ताहरुबाट बारम्बार गुनासो आएको आएको सन्दर्भमा उक्त निष्काशनमा सर्वसाधारण प्राकृतिक व्यक्तिले आवेदन दिन सक्ने गरी २ दिन अर्थात २०७६ बैशाख १२ गतेसम्म समयावधि थप गर्ने व्यवस्था मिलाई सो को जानकारी बोर्डलाई गराउनु ।'

बोर्डको यो निर्देशनको बोधार्थ केन्द्रिय निक्षेप प्रणालीलाई पनि पठाएको छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।