राजस्व लक्ष्य पुरा गर्ने नाममा जथाभावी आयातलाई खुला गर्न सकिन्न:अर्थमन्त्री खतिवडा

Apr 23, 2019 Merolagani

अर्थमन्त्री डा. युवराज खतिवडाले सरकार आयात गरेर राजस्वको लक्ष्य पुरा गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन् । नेपाल व्यवस्थापन संघले आयोजना गरेको प्रि बजेट छलफलमा बोल्दै अर्थमन्त्री खतिवडाले तोकिएको राजश्व लक्ष्य पूरा गर्न जथाभावी आयात नबढाउने बताए ।

डा.खतिवडाका अनुसार सरकार आयातलाई प्रतिस्थापन गर्ने गरी नीति बनाउन लागेको छ । राजस्वको लक्ष्य पुरा गर्ने नाममा जथाभावी आयातलाई खुला गर्न नसकिने गरि सरकारले काम गरिहेको उनको भनाई छ ।

राजस्व लक्ष्य र संकलनमा अन्तर भएको स्वीकार गर्दै अर्थमन्त्री खतिवडाले जथाभावी आयात भने रोकिने जनाउ दिए । निर्यातको प्रर्बदन नगरी उच्च एक अंकको आर्थिक बृद्धिदर हासिल गर्न नसकिने भन्दै उच्च एक अंक र दोहोरो अंकको आर्थिक बृद्धिदरको लागि वस्तु र सेवाको निर्यात जग बलियो बनाउनु पर्ने उनको मत छ ।

नेपालको मात्रै उपभोगले आर्थिक बृद्धि हाँसिल नहुने भन्दै खतिवडा लगानीको वातवरण बनाउन स्वादेशी तथा विदेशी लगानीकर्ताको लागी लगानी मैत्री वातावरण बनाउन जरुरी रहेको बताए ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।