समता लघुवित्तको चम्कँदो प्रगति

Apr 24, 2019 Merolagani

समता लघुवित्त (SMATA) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आफ्नो खुद नाफामा फराकिलो वृद्धि गरेको छ । लघुवित्त कम्पनीले आफ्नो खुद नाफा ३११.४१ प्रतिशतले बढाएको हो।

चैत मसान्तसम्म कम्पनीले एक करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष लघुवित्तको खुद नाफा ३६ लाख रुपैयाँमा मात्र थियो। लघुवित्तको खुद ब्याज आम्दानी बढ्दा नाफामा उच्च वृद्धि भएको हो। 

नाफा बढेपछि लघुवित्तको प्रतिशेयर आम्दानी उल्लेख्य मात्रमा बढेको छ। गत आवको यसै अवधिमा १२ रुपैयाँ ६९ पैसा रहेको लघुवित्तको प्रतिशेयर आम्दानी २२ रुपैयाँ १२ पैसा बढेर ३४ रुपैयाँ ८१ पैसा कायम भएको छ।

पचास प्रतिशतले चुक्ता पूँजी बढाएर ५ करोड ६८ लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोष समेत २४४ प्रतिशतले बढेर ५ करोड ४७ लाख कायम भएको छ।

 

चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्मा ४४ करोड १९ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले ७२ करोड ८९ लाख रुपैयाँ बराबर अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर एक अर्ब २३ करोड ७० लाख रुपैयाँ ऋण लगानी गरेको छ। कम्पनीले शतप्रतिशत हाराहारीमा निक्षेप संकलन र कर्जा विस्तार बढाएको हो।

समीक्षा अवधिमा लघुवित्तले ४ करोड ७४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको तुलनामा लघुवित्तको खुद ब्याज आम्दानी एक करोड ९५ लाख रुपैयाँ धेरै हो । गत वर्ष लघुवित्तले दुई करोड ७८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

लघुवित्तमा खराब कर्जा अनुपात १.१४ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १९६ रुपैयाँ ३१ पैसा छ भने मूल्य आम्दानी अनुपात ३४.४८ गुणा बढी छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।