प्रयोगकर्ता बढेसँगै ट्वीटरको शेयरमूल्य १७ प्रतिशतले बढ्यो

Apr 24, 2019 Merolagani

आम्दानी र प्रयोगकर्ताहरुको संख्या बढेसँगै ट्वीटरको शेयर मूल्य १७ प्रतिशतभन्दा धेरैले बढेको छ । गत वर्षको तुलनामा यो वर्षको पहिलो त्रैमासमा ट्वीटरको आम्दानी १८ प्रतिशतले बढेर ७८ करोड ७० लाख डलर पुगेको छ ।

त्यसैगरी दैनिक सक्रिय प्रयोगकर्ताहरुको संख्या ११ प्रतिशतले बढेर १३ करोड ४० लाख  पुगेको छ ।ट्वीटरका अध्यक्षले अनलाइन दुरुपयोग रोक्ने तरिकामा सुधार गर्ने वाचा गरेसँगै यसका प्रयोकर्ताहरुको संख्यामा वृद्धि भएको बताइएको छ । 

 

ट्वीटरले अनुमान गरेभन्दा बढी आम्दानी भएको तथ्यांक सार्वजनिक गरेको हो । कम्पनीले मासिक प्रयोगकर्ता पनि अनुमानभन्दा बढेको बताएको छ ।

यसअघि विश्लेषकहरूले ट्वीटरको नाफा ७७ करोड ६१ लाख डलर पुग्ने अनुमान गरेका थिए ।

ट्वीटरका संस्थापक ज्याक डोर्सीले ट्वीटरको डिजाइनले आक्रोशलाई प्रोत्साहन गरेको भन्दै पछुतो महसुस भएको बताएका थिए । उनले गत हप्ता भएको एउटा व्यापार सम्मेलनमा साइटलाई अधिक क्रियाशील बनाउन र दुरुपयोग तथा गलत सूचना प्रवाहलाई रोक्नका लागि साइट सञ्चालनमा परिवर्तन गर्ने बताएका थिए ।

डोर्सीको उक्त घोषणासँगै ट्वीटरको शेयर मूल्यमा वृद्धि भएको बताइएको छ । योसँगै उसको बजार पूँजीकरणमा २ अर्ब ७० करोड डलर थपिएको छ । उसको समग्र बजार पूँजीकरण २९ अर्ब डलर पुगेको छ ।

कम्पनीले सार्वजनिक गरेको तथ्यांकमा सक्रिय मासिक प्रयोगकर्ता ३३ करोड पुगेका छन् । यो संख्या ३१ करोड ८० लाख पुग्ने अनुमान थियो ।

गत वर्ष ट्वीटरका मासिक प्रयोगकर्ताको संख्या ३३ करोड ६० लाखबाट घटेर ३२ करोड १० लाखमा झरेको थियो । ट्वीटरले अपमानजनक र नक्कली खाताको शुद्ध्ीकरणका कारण प्रयोगकर्ताहरुको संख्या घटेको बताएको थियो । एजेन्सी

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।