मिथिला लघुवित्तको साढे २१ हजार कित्ता लिलामीमा, बैशाख २० देखि आवेदन गर्न सकिने

Apr 24, 2019 Merolagani

मिथिला लघुवित्त (MLBBL) ले हकप्रदमा नबिकेको २१ हजार ६४२ दशमलव ६९ कित्ता शेयर बैशाख २० गते देखि लिलामीमा ल्याउने भएको छ। कम्पनीले जारी गरेको ५० प्रतिशत हकप्रदमा सो परिमाणमा हकप्रद बिक्री नभएपश्चात लिलाम बढाबढमा आउने भएको हो ।

लघुवित्तले गत माघ १७ गतेदेखि फागुन २९ गतेसम्म जारी गरेको कूल तीन लाख २९ हजार ८८९ दशमलव ६९ कित्ता हकप्रद हकप्रद बाँडफाँड गरी बाँकी रहेको संस्थापक समुहको १३ हजार ९७७ दशमलव ७९ र सर्वसाधारण समुहको ७ हजार ६६४ दशमलव ९१ कित्ता शेयर लिलामीमा आउने भएको हो । 

बोलपत्र आबेदन फारम बिओके क्यापिटल मार्केट कमलादी काठमाडौं, बैंक अफ काठमाण्डुको शाखा कार्यालहरु मेनरोड विराटनगर, भद्रपुर रोड विर्तामोड, आदर्शनगर वीरगञ्ज, स्टेशनरोड जनकपुर, मेनरोड हेटौंडा, लायस चोक नारायणघाट, न्यूरोड पोखरा, ट्राफिक चोक बुटवल, बाग्लुङ्ग, घोराही, धम्बोजी, सुर्खेतरोड नेपालगञ्ज, विरेन्द्रचोक विरेन्द्रनगर, मेनरोड चौरहा धनगढीमा बोलपत्र पेश गर्न सकिनेछ ।

यस्तै मिथिला लघुवित्तको केन्द्रिय कार्यालय ढल्केबर धनुषा, ज्योति विकास बैंकको शाखा कार्यालय भिमदत्त नगरपालिका कञ्चनपुरबाट पनि आवेदन गर्न सकिने व्यवस्था छ ।

इच्छुक लगानीकर्ताले बैशाख २७ गते सम्म प्रतिशेयर न्यूनतम एक सय रुपैयाँ वा सो भन्दा बढी मूल्य तोकेर बोलकबोल गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा संस्थापकको हकमा न्युनतम १०० कित्ता तथा सर्वसाधारणको हकममा न्युनतम १०० कित्ता वा सो भन्दा बढी अधिकतम सबै कित्ताको लागि आबेदन दिन सकिनेछ ।

लघुवित्तको शेयर बैशाख १० गते मंगलबार धितोपत्र दोस्रो बजारमा प्रतिकित्ता ४८० रुपैयाँमा कारोबार भएको थियो ।

लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट १०.४५ प्रतिशत बोनस शेयर वितरण गरेको छ । हकप्रद र बोनस पश्चात लघुवित्त कम्पनीको चुक्ता पूँजी १० करोड ५९ लाख रुपैयाँ पुगेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।