सिभिल बैंकको डेपुटी सिईओमा सुनिल पोखरेल, जेठ १ देखि कार्यभार सम्हाल्ने

Apr 24, 2019 Merolagani

सिभिल बैंकको डेपुटी सिइओमा सुनिल पोखरेल नियुक्त भएका छन्। सिभिल बैंकको सञ्चालक समितिले रिक्त रहेको डपुटी सिइओको पदमा पोखरेललाई नियुक्त गर्ने निर्णयका साथै अफर लेटर पनि उपलब्ध गराएको छ।

म्यानमारको एशिया ग्रीन डेभलपमेण्ट बैंकमा रिटेल बैंकिङ्ग प्रमुखको रुपमा कार्यरत पोखरेलले सिभिल बैंकमा डेपुटी सिइओको रुपमा जेठ एक गतेदेखि सेवा सुरु गर्ने बताए।

बिराटनरका स्थायी पोखरेलले नेपाल तथा म्यानमारका बैंकमा गरी २८ वर्षको अनुभव हासिल गरिसकेका छन्।

यस क्रममा सन् १९९१ म स्टाण्डर्ड चार्टर्ड बैंकमा सिनियर एसिस्टेण्टका रुपमा सेवा सुरु गरेका उनले १९ वर्ष सोही बैंकमा बिताएका थिए। चार्टर्डबाट बाहिरिने समयमा पोखरेल ट्रान्जिक्सन शाखामा सिनियर विजनेश डेभलपमेण्ट म्यानेजर थिए ।

त्यस पछि एनआईसि एशिया बैंकमा रिटेल बैंकिङ्ग हेडसँगै चिफ म्यानेजर भएर साढे ५ वर्ष काम गरेका थिए। नबिल बैंकमा एसिस्टेण्ट जनरल म्यानेजर तथा रिटेल बैंकिङ्ग प्रमुखको रुपमा पोखरेलले एक वर्षसम्म काम गरिसकेका छन्। सो पश्चात उनी म्यानमारको एशिया ग्रीन डेभलपमेण्ट बैंकमा विगत अढाई वर्षदेखि रिटेल बैंकिङ्ग हेडका रुपमा कार्यरत छन्।

शेयर बजारमा विशेष रुची राख्ने पोखरेलले काठमाण्डू युनिभर्सिटी तथा म्यानमारको जेनेभा विजनेश स्कूलमा बैंकिङ्ग फ्याकल्टीका रुपमा अध्यापन समेत गराउँदै आएका छन् ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।