इन्स्योरेन्सले बिक्रि गर्दै आईरहेको बीमालेखहरु मध्ये प्रथम चरणमा मोटर साईकलको तेस्रो पक्ष बीमालेख, घर बीमालेख, दुर्घटना बीमालेख र ट्राभलर्स, मेडिक्लेम बीमालेख लाई अनलाइन पोर्टल मार्फत विकास गरेकोे एपबाट सेवाग्राहीले सेवा लिन सक्ने जानकारी गराएको छ ।
इन्स्योरेन्सले प्रविधि सँग जोडिएर बीमा सेवाको पहँुचलाई सबै सामु पुर्याउन आवश्यक भएको भन्दै हातमा रहेको मोबाइलबाट बीमालेख खरिदको पहुँचमा पुर्याउने उद्देश्यका साथ इन्स्योरेन्स डिजिटल्लि बीमा सेवा शुभारम्भ गरेको बताएको छ ।
यसरी डिजिटल्लि सेवा बीमा सेवाको विस्तार भए सँगै सबैको हातहातमा बीमा सेवा उपलब्ध हुने इन्स्योरेन्स कम्पनीको विस्वास छ ।
इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृतले यस डिजिटल्लि सेवाको विशेषता र बीमालेख खरिद प्रकृयाका बारेमा विस्तृत जानकारी दिदैँ यसका चुनौती र समस्याहरुको गहन अध्यन गरी अन्य बीमालेखहरुलाई पनि डिजिटलाइज गरादै लैजाने प्रतिवद्धता समेत गरे ।