बिग मर्जरको चर्चाले उर्लियो शेयर बजार, उच्च प्रतिफलको आशमा लगानीकर्ता

Apr 24, 2019 Merolagani

उकालो यात्रामा रहेको शेयर बजार बुधबार झण्डै २० अंकले बढेको छ । कारोबारमा आएका अधिकांस कम्पनीहरुको शेयरमा कारोबार चाप देखिएको छ भने आकर्षण वाणिज्य बैंकहरुमा छ । बजारमा देखिएको यस्तो वृद्धिले लगानीकर्ताले धेरै कमाउने आकंक्षा राखेको बुझ्न सकिन्छ ।

बुधबार शेयर बजार परिसुचक नेप्से १९.१४ अंकले बढेर १२७९.२९ अंकमा उक्लिएको छ । १७२ कम्पनीका ३४ लाख ८ हजार कित्ता शेयरहरु ९५ करोड ३ लाख रुपैंयामा कारोबार भएका छन् । अघिल्लो दिनको तुलनामा कारोबार रकममा ३४ करोड रुपैंयाको सुधार आएको हो ।

परिसुचकसँगै कारोबार रकममा पनि भारी बढोत्तरी देखिँदा लगानीकर्ताको मनोबल बलियो भएको बुझ्न सकिन्छ । बजार खुलेदेखि नै एकनासले उकालो लागेको थियो । यसले लगानीकर्ताहरु बजारमा जोखिम नरहेको निष्कर्षमा पुगेको देखाउँछ ।

बुधबार वाणिज्य बैंक समुहमा मात्र २५ अंक बढीको सुधार आएको छ । १० उपसमुह मध्ये ८ उपसमुहमा फराकिलो अन्तरको सुधार आएको छ । जलविद्युत र उत्पादन समुहमा भने सामान्य गिरावट आएको छ । बिग मर्जरको चर्चा बढ्न थालेसँगै लगानीकर्ताहरु वाणिज्य बैंकको शेयरमा बढी आकर्षित भएको व्याख्या पनि गर्न थालिएको छ । वाणिज्य बैंकहरुको शेयर मूल्यमा आएको तिब्र सुधारले नै समग्र बजारलाई उचालिरहेको छ ।

'तल्लो विन्दु यही हो, रिस्क धेरै नहोला' भन्ने अपेक्षामा लगानीकर्ता सक्रिय भएको मर्चेण्ट बैंकर एशोसिएशनका अध्यक्ष तथा सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमिल्सिनाको बुझाई छ। तिमिल्सिना भन्छन्, 'बैंकहरुको तेस्रो त्रैमासिक वित्तीय विबरणको सुरुवातलाई लगानीकर्ताले सकरात्मक रुपमा लिएको देखिन्छ । अर्कातिर बजेटको चर्च सुरु हुँदा राम्रा विषय आउने आशमा पनि बजारप्रति लगानीकर्ताको विश्वास बढेको देखिन्छ ।'

अहिले २ वाणिज्य बैंक सहित केही सूचीकृत कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विबरण सार्वजनिक गरिसकेका छन् । अरु धेरै कम्पनीहरुले केही दिनमा नै विबरण निकाल्ने क्रमलाई तिब्र बनाउँदै लैजाने छन् । यस अघिको तुलनामा सुधारिएको विबरण आउन थालिसकेको अवस्थामा अरु कम्पनीले पनि सुधार गरेको अपेक्षा पनि लगानीकर्तामा छ ।

अर्कातिर चालु आर्थिक वर्षको चौथो त्रैमास पनि नजिकिएको अवस्थामा लगानीकर्ताहरु अहिलेदेखि नै बजार प्रवेश गरेको देखिन्छ । साना ठुला, संस्गात सबै किसिमका लगानीकर्ताको सक्रियताका कारण नै दैनिक अर्ब रुपैंया हाराहारीमा शेयर कारोबार भैरहेको छ ।

बुधबार कारोार रकमका आधारमा १० शिर्ष कम्पनीमा वाणिज्य बैंकहरुको दवदबा देखिएको छ । अधिक शेयर मूल्य बढ्नेको सूचीमा पनि एकाध वाणिज्य बैंकहरु परेका छन्। एभरेष्ट इन्स्योरेन्स, सामुदायिकलघुवित्त, सहयोगी विकास बैंक लगायतका कम्पनीको शेयर मूल्यमा तिब्र बढोत्तरी आएको छ ।

बुधबार केही जलविद्युत कम्पनी तथा लघुवित्त कम्पनीहरुको शेयर मूल्यमा तिब्र गिरावट आएको छ ।

बैंकहरुमा तलताको समस्यामा खासै परिवर्तन नदेखिएको अवस्थाले लगानीकर्तालाई कुनै न कुनै रुपमा सचेत पनि गराउन खाजेको छ ।

सरकारले खर्चको आकार बढाउँदा अहिलेको अवस्थामा सुधार आउने अपेक्षा भने लगानीकर्ताले नगरेका हैनन् । तर नतिजामा यस्तो देखिन थालि सकेको छैन ।

लगानीकर्ताले शेयर बजारबाट अधिक कमाउने अपेक्षा लिएको पछिल्ला दिनहरुले देखाएको छ । सनराइज बैंकले १० प्रतिशत प्रतिफल दिने ऋणपत्र निष्काशन गरिरहेको छ । तर यसमा लगानीकर्ताले खासै रुची देखाईरहेका छैनन् । अन्य उपकरणहरुमा पनि लगानीकर्ताले चासो नदेखाएको अवस्थामा दोस्रो बजारबाट नै लगानीकर्ताले १० प्रतिशतभन्दा उच्च दरको प्रतिफल अपेक्षा गरेको कुरालाई नकार्न सकिन्न ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।