बैंकहरुमा लगानी योग्य रकम बढाउन सरकारको खर्च गर्ने क्षमता बढाउनुपर्ने सुझाब राख्दै उनी करकै बिषयमा केन्द्रीत रहे ।
ढुङ्गानाले निजी क्षेत्रको विकासका लागि दवाव देखिएको उल्लेख गर्दे सरकारले समयमा पेमेन्ट नगर्दा बजारमा पैसा आउन नसकेको बताए।
ढुङ्गानाले गतबर्षको करको स्लाब परिवर्तन गर्नुपर्नेमा जोड दिए । उनले सिएसआरमा कर योग्य आयमा नघटाउदै सो रकमको पनि कर तिर्नुपर्ने अवस्था रहेको गुनासो गरे ।
त्यस्तै उनले पूँजीगत लाभकर पछि रियल स्टेट क्षेत्रको कर अझै निर्धारण हुदा बाँकी क्षेत्रमा समस्या आएको भन्दै यसतर्फ राष्ट्र बैंकको ध्यानकर्षण गराए ।