सिद्धार्थ बैंकको व्यवसायको आकार खर्ब नाघ्दा खुद नाफा साढे एक अर्ब बढी

Apr 25, 2019 Merolagani

- नाफा बढेपनि बढेन लाभांश क्षमता।
सिद्धार्थ बैंक (SBL) को व्यवसायको आकार खर्ब माथि पुगेको छ। चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनु्सार बैंकको निक्षेप संकलन र कर्जा परिचालनको आकार एक खर्ब माथि नाघ्दा खुद नाफामा पनि १५ प्रतिशतको वृद्धि सहितको विवरण बिहीबार सार्वजनिक गरेको छ।

यद्यपी बैंकको वित्तीय विवरणमा कर्मचारी र सञ्चालन खर्च ५० प्रतिशत बढीले बढेको छ । जसले बैंकको खुद नाफा वृद्धि औसत मात्र देखिन्छ। कोषको लागत र खराब कर्जा अनुपात गत आवको यसै अवधिको तुलनामा केही वृद्धि भएको छ। 

तीन महिनामा बढायो ५२ करोड खुद नाफा

नेपाल फाइनान्सियल रिपोर्टिङ स्टाण्डर्ड (एनएफआरएस) अनुसारको वित्तीय विवरणमा सिद्धार्थ बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा मात्रै ५२ करोड ३४ लाख ८३ हजार रुपैयाँले खुद नाफा बढाएको छ।

दोस्रो त्रैमाससम्म एक अर्ब ६ करोड ९४ लाख खुद नाफा कमाएको यस बैंकले नाफा चैत मसान्तसम्ममा एक अर्ब ५९ करोड २९ लाख २७ हजार रुपैयाँ पुगेको हो।

गत आवको ९ महिना अवधिमा बैंकले एक अर्ब ३८ करोड ६ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। गत आवको यसै अवधिको तुलनामा बैंकले १५.३८ प्रतिशतले आफ्नो खुद नाफा बढाएको हो।

वितरण योग्य नाफा साढे ८९ करोड

एनएफआरएस प्रतिवेदन अनुसार बैंकले खुद नाफा आर्जनबाट नियामकीय व्यवस्था अनुरुप विभिन्न शिर्षकहरुको व्यवस्था पश्चात बैंकले ८९ करोड ५३ लाख ९७ हजार रुपैयाँ वितरण योग्य नाफा (फ्रि प्रोफिट) आर्जन गरेको उल्लेख छ। जुन खुद नाफाभन्दा ६९ करोड ७५ लाख कम हो।

एनएफआरएस रिर्पोट अनुसार बैंकले विभिन्न शिर्षकहरुको व्यवस्था अन्तर्गत साधारण जगेडामा ३१ करोड ८५ लाख, संस्थागत समाजिक उत्तरदायित्वमा १५ करोड ९२ लाख र डिबेञ्चर रिडम्सन रिर्जबमा १२ करोड ९३ लाख र रेगुलेटरी रिर्जब कोषमा २३ करोड ३६ लाख छुट्टाएको हो।

९ महिना अवधिमा गरेको नाफाअनुसार चालु आर्थिक वर्षको नाफाबाट बैंकले शेयरधनीलाई १३.४३ प्रतिशत लाभांश वितरण गर्नसक्ने अवस्था देखिन्छ । राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुपको व्यवस्था पश्चात कायम हुने फ्रि फ्रि प्रोफिट बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ।

यद्यपी बैंकको विभिन्न शिर्षहरुमा गरिएको व्यवस्थाका कारण गत आर्थिक वर्षको नाफाबाट नै १३ प्रतिशत लाभांश बाँडेको बैंकको चालु आवको ९ महिना अवधिमा पनि सोही अनुपातमा मात्र बाँड्न सक्ने अवस्था देखिन्छ। अन्तिम त्रैमासमा बैंकको नाफामा सुधार आएको खण्डमा भने बैंकले थप लाभांश बाँड्नसक्ने हैसियत बनाउन सक्छ ।

निक्षेप संकलन र कर्जा लगानी खर्ब माथि

यसअघिको तेस्रो त्रैमाससम्मको अवधिमा बैंकको कर्जा विस्तार र निक्षेप संकलन एक खर्ब तल रहँदै आएकोमा हाल दुबै खर्ब माथि पुगेको छ ।

बैंकहरुको मुख्य आम्दानी नै निक्षेप संकलन गरि कर्जा लगानीबाट प्राप्त हुने नै प्रमुख आम्दानी हो । व्यवसया विस्तारबाट व्यवसायको आकार बढाउँदै सो अनुपातमा बैंकको खुद ब्याज आम्दानी बढेको छ । ११.६९ प्रतिशतले बचत संकलन बढाएको बैंकको ऋण प्रवाहको वृद्धि २१.८० प्रतिशत धेरै छ। यसबाट बैंकको खुद ब्याज आम्दानी करिब ४४ प्रतिशतको फराकिलो वृद्धि देखा परेको छ।

गत चैत मसान्तको निक्षेप संकलन एक खर्ब ५ अर्ब ६३ करोड र कर्जा प्रवाह रकम एक खर्ब एक अर्ब ३८ करोड पुगेको छ । गत आवको यसै अवधिमा बैंकको निक्षेप संकलन ९४ अर्ब ५७ करोड ९५ लाख र कर्जा लगानी ८३अर्ब २३ करोड ६० लाख रुपैयाँ रहेको थियो।

गत आवको चैतमा दुई अर्ब ३६ करोड ७२ लाख खुद ब्याज आम्दानी गरेको बैंकले चालु आवको चैत मसान्त आइपुग्दा तीन अर्ब ४० करोड ८४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको हो। बैंकले ९ अर्ब ३७ करोड २३ लाख ब्याज आम्दानी गरेर ५ अर्ब ९६ करोड ३९ लाख ब्याज खर्च गरेको हो।

प्रतिशेयर आम्दानी बढ्यो

गत आर्थिक वर्षको नाफाबाट ८.१६ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस वितरण गरेर पूँजी वृद्धि गरेको बैंकको पूँजी भन्दा नाफा वृद्धि उच्च हुँदा प्रतिशेयर आम्दानीमा सुधार आएको छ।

चुक्ता पूँजी ८ अर्ब ८८ करोड ७६ लाख रुपैयाँ रहेको बैंकको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ७५ पैसाबाट २३ रुपैयाँ ९० पैसामा बढेको हो। बैंकको ६.४७ प्रतिशतले जगेडा कोष बढेको छ । गत आवको चैत मसान्तमा बैंकको जगेडा कोष ५ अर्ब २३ करोड ८४ लाख रहेकोमा हाल ५ अर्ब ५७ करोड ७३ लाखमा वृद्धि भएको हो।

घटेन कोषको लागत

गत आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिको तुलनामा चालू आवको यसै अवधिमा बैंकको आधार ब्याजदर घटेको छ भने निक्षेप संकलन लागत भने थोरै बढेको नै छ।

यस अवधिमा बैंकको आधार ब्याजदर घटेकोले ऋणीलाई केही सस्तो ब्याजमा नै ऋण पाउन सहज बनेको छ भने लगानीयोग्य तरलता संकटका कारण प्रतिस्पर्धि ब्याजदरमा निक्षेप संकलन गर्दा वाणिज्य बैंकहरुको निक्षेप संकलन लागत भने घट्न नसकेको बुझ्न सकिन्छ।

गत वर्षको चैत मसान्तमा ११.३० प्रतिशत रहेको  बैंकको आधार ब्याजदर १०.३७ प्रतिशतमा झरेको छ भने कोषको लागत ७.४९ बाट ७.५४ प्रतिशतमा बढेको छ।

समीक्षा अवधिमा बैंकले आफ्नो खराब कर्जा अनुपात पनि केही बढेको छ । गत आर्थिक वर्षको ९ महिना अवधिमा बैंकमा १.३१ प्रतिशत खराब कर्जा अनुपात रहेकोमा यस वर्षमा बढेर १.३६ प्रतिशतमा बढेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १६२ रुपैयाँ ७५ पैसा, कर्जा निक्षेप अनुपात ७८.९१ र मूल्य आम्दानी अनुपात १३.१४ गुणा रहेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।