बैंकहरुले चैतको अन्तिम सातामा ७ अर्ब कर्जा प्रवाह गरेको थिए। जबकी सो साता बैंकहरुमा चार अर्ब निक्षेप घटेको थियो । बैंकहरुले कर्जा विस्तारमा लिएको आक्रमक नीति र निक्षेप संकलनमा सुधार नहुँदा सिसिडि रेसियो समेत बढेको छ।
चैतको अन्तिम सातासम्म बैंकहरुमा २७ खर्ब ३ अर्ब निक्षेप थियो। बैशाखको पहिलो साता अर्थात ६ गतेसम्म आउँदा बैंकहरुको निक्षेप थप १ अर्बले घटेर २७ खर्ब २ अर्बमा झरेको छ।
यस्तै चैतको अन्तिम सातासम्म २४ खर्ब २० अर्ब कर्जा प्रवाह गरेका बैंकहरुको वैशाख पहिलो सातासम्म कर्जा १९ अर्बले बढेर २४ खर्ब ३९ अर्ब पुगेको छ।