ओम डेभलपमेन्टको नाफा ३० प्रतिशतले वृद्धि

Apr 25, 2019 Merolagani

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ओम डेभलपमेन्ट बैंकले ३४ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफा ८ करोड १० लाख रुपैयाँ अर्थात ३०.४५ प्रतिशतले धेरै हो ।

गत आर्थिक वर्षको चैत्र मसान्तमा बैंकले २६ करोड ६२ लाख रुपैयका खुद नाफा कमाएको थियो । बैंकको आम्दानीका सूचकहरु सन्तोषजनक रुपमा सुधार हुदा नाफा बढेको देखिन्छ । 

चुक्ता पूँजी दुई अर्ब ५१ करोड ५२ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा एक अर्ब १५ करोड १२ लाख रुपैयाँ सञ्चित छ । 

चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा २४ अर्ब ७९ करोड ८९ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २२ अर्ब ४९ करोड ५१ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

समीक्षा अवधिसम्ममा बैंकले ७७ करोड ९४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको तुलनामा २३ करोड ९७ लाख रुपैयाँ अर्थात ४४.४२ प्रतिशतले बढी हो । गत वर्ष बैंकले ५३ करोड ९६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको निष्कृय कर्जा अनुपात ०.९५ प्रतिशत छ । बैंकको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ४१ पैसा छ भने प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ ७७ पैसा छ । बैंकको मूल्य आम्दानी अनुपात १०.७० गुणा बढी छ ।

ओम डेभलपमेन्ट बैंकले प्राइम बैंकसँग विलिय हुने सम्झौता गरेको भएपनि पछिल्लो समयमा दुईबैंकबीच कुरो नमिल्दा सहमति भाँडिने अवस्थामा छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।