लक्ष्मी बैंकको बोनस सूचीकृत, शेयरधनीले कारोबार गर्नसक्ने

Apr 25, 2019 Merolagani

लक्ष्मी बैंक (LBL) को बोनस बिहीबार नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ। बैंकले ६९ लाख ८८ हजार ४१६ दशमलव ९१ कित्ता शेयर सूचीकरण गराएको हो । यससँगै बैंकका शेयरधनीले उक्त बोनस कारोबार गर्न सक्नेछन्।

बैंकको माघ २८ गते सम्पन्न अठारौं वार्षिक साधारण सभाले चुक्ता पूँजीको ८.५० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

उक्त बोनस शेयर साधारण सभाका लागि बुकक्लोजको अघिल्लो दिन माघ १३ गतेसम्म कायम शेयरधनीले मात्र पाउनेछन् । बोनस पश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब ९२ करोड पाँच लाख रुपैयाँ पुगेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।